पहलद्वारा कृषकलाई फ्रिज र तौल मेशिन सहयोग


सहयोग सामाग्री हस्तान्तरण गर्दे सुन्दरनेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कडेंल ।

माघ,२८ सुर्खेत । पछिल्लो समय बजारमा मासु उपभोग गर्ने उपभोक्ताहरुको माग बढे संगै बजारमा अस्वस्थ रुपमा मासु व्यवसायीहरु पनि बृद्धि हुदै आएका छन्, जसले बजारमा धेरै लामो समय देखि मासु व्यवसायी संचालन गर्दे आईरहेका व्यवसायीहरुले पनि प्रतिस्पर्धा गरि रहनु परेको छ, भने अर्का तीर बढ्दो मासुको माग संग अस्वस्थ मासु पनि बजारमा पाईन थालेका छन् । जुन स्वास्थका लागी फलदाईक भने पक्कै होईन ।
सोहि अनुशार मासुलाई केहि समय फ्रिजमो चिस्यानमा राखेर खादा स्वास्थलाई फाईदा हुने भएका कै कारण, यूएस.ए.आई.डिको आर्थिक सहयोग , कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रबद्र्धन कार्यक्रम पहल को व्यवस्थापन, सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा संचालित परियोजनाको कार्य क्षेत्रमा पनि स्वस्थकर मासु व्यवसायी उत्पादन गर्ने उद्धेश्यका साथ वीरेन्द्रनगरमा एक कार्यक्रम बिच साविकको नेटा गाविस, हाल लेकवेशी ५ फलिकोटका कृषक कर्णकली सिजांली मगरलाई फेस हाउस सामाग्री सहयोग अन्तर्गत फ्रिज र तौल मेशिन सहयोग गरिएको हो ।

सामाग्री हस्तान्तरण पश्चात पहल परियोजनाका कृषि बजार प्राविधिक हरिभक्त तिवारीका अनुशार पहल परियोजनको कार्य क्षेत्रि भित्र बसोवास गरी जसले व्यवसायीक रुपमा मासु जन्य बस्तुहरु उत्पादन गरी आफैले काटेर बिक्रि बितरण गर्ने गर्नु भएको छ उहांहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेटाकी कर्णकलीलाई सहयोग गरिएको हो । तिवारीले थप्नु भयो, पहलको कार्यक्षेत्र भित्रका कृषकहरुलाई व्यवसायी कृषक बन्नु पर्दछ भन्ने तर उनीहरुले उत्पादन गरी बिक्रि गर्ने मासु जन्य बस्तुहरु सानो बजार भएकै कारण बासी रहने र उक्र बस्तु पुनः बिक्रि गर्दा उपभोक्ताहरुको स्वास्थ्यलाई हानी गर्न हुन सक्ने कुरामाथी रोक लगाउनुका साथै व्यवसायीक रुपमा मासु व्यवसायी गरिरहेका कृषकहरुको आर्थिकमा पनि सहयोग होस् भन्ने उद्धेश्यका साथ सहयोग गरेका हौं ।