हुम्लाका १३२ जनाको रिपोर्ट नगेटिभ, १७ दिनको क्वारेन्टाइन बसाई सकियो (भिडियो सहित)


३ असार, सुर्खेत । नेपाल कै दोश्रो नमूना क्वारेन्टाइन वीरेन्द्रनगर स्थिति खुला मञ्चनमा बनाइएको क्वारेन्टाइनबाट आज हुम्लाका १३२ जना आज पिसिआर नेगेटिभ आए संगै घर फर्किएकाछन् ।

क्वारेन्टाइन बस्नु भएका हुम्ला नाम्का गाँउपालिका १ का प्रकाश लामाले समूहको १३२ जना कै स्वाव रिपोर्ट नेगेटिभए आएपछि १७औं दिनमा क्वारेन्टाइनबाट विदा पाएको बताउनुभयो । “उहाँ भन्नुहुन्छ हामी हिमाली जिल्लाका भएकोले आरडिटी परिक्षणमा पछि फेरी समस्या देखिएमा परिक्षण गर्न गाह्रो हुने स्थिति रहेकोले प्रदेश सरकार संग पिसिआर गर्यौ र सोही अनुरुप परिक्षण गर्दा आज नेगेटिभ आएपछि ढुक्कका साथ घर फर्किदैछौ ।”

गत जेठ १९ गते भारतको उत्तरप्रदेश उत्तराखण्ड हिमाञ्चल प्रदेश दिल्ली तथा बैग्लोरबाट आएको समूहलाई प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाश लामा भन्नुहुन्छ । “सरकारले रोजगारी सिर्जना गरिदिए फेरी रोजगारकालागि भारत नजाने भएकाछौं हामी रहरले हैन करले भारत गएका हौं । अहिले करिब ५० लाखको हाराहारीमा बेरोजगारहरु भारतमा रहेकोले सरकारले यसतर्फ ध्यानदिनु नितान्त आवश्यक छ । साथै क्वारेन्टाइनको बसाइमा धेरै कुरा सिक्न पाएको छौं । जुन महत्वपूर्ण छ जस्लाई सबैले लागु गर्नुपर्ने हुन्छ ।”