काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’द्वारा राजीनामा


काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैका मिति २०८२ साल १० माघदेखि लागू हुने गरी नगर प्रमुख पदबाट स्वेच्छिक राजीनामा पेश गर्नुभएको हो ।

महानगर प्रमुख शाहले उप–प्रमुख सुनिता डंगोललाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आफूले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

राजीनामा पत्रमा उहाँले महानगर प्रमुखको जिम्मेवारीमा रहँदा काठमाडौं महानगरपालिका तथा नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको बताउनुभएको छ । साथै आगामी दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह तथा विकास यात्रालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सफलताको शुभेच्छा व्यक्त गर्नुभएको छ ।