विद्यार्थी आन्दोलन, भूमिका र भावी बाटो


–ममता अधिकारी

जब एउटा भर्खर जन्मेको बच्चा कराउने वा रुवाउने अवस्थालाई स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिन्छ । बच्चा जन्मदा ऊ रुन्छ, कराउँछ भने ऊ स्वत ढङ्गबाट तन्दुरस्त हुन्छ । उसको शरिरमा तरङ्ग पैदा हुने गर्छ, रक्तसञ्चार सबल ढङ्गले हुने गर्दछ । यसकारण शरिर तन्दुरुस्त राख्नका निम्ति पनि रुन, कराउन आवश्ययक छ । भन्नुको अर्थ विद्यार्थी आन्दोलन पनि यस्तै अवस्थाको आवश्यकताको चरणमा देखा पर्ने एउटा ठोस रुप हो । समाज विकासको क्रममा पनि त्यस्तै अवस्थाहरु देखा पर्दछन् । जब एउटा समाजको निर्माण भयो, तब समाज पुर्ण ढङ्गले सवल र सक्षम थिएन । जस्लाई रुपान्तरण गर्न शिक्षाको भूमिका अतुलनिय हन्छ । जहाँ शिक्षा प्रणाली राम्रो छ, त्यहाँको समाज आज विकसित भएको छ, जुन शिक्षा प्रणाली परिवर्तनका लागि विद्याार्थी आन्दोलनले ठूलो भुमिका खेलेको हुन्छ र त्यो इतिहाँस पनि साक्षी छ । विद्यार्थीले फरक फरक समयमाm फरक फरक परीवेसमा सञ्चालन गरेका शैक्षिक आन्दोलनले समाजमा रहेको शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका दृष्टान्तहरु हामी माझ जगजाहेर नै छन् ।

नेपालको सन्दर्भमा २००७ देखि निरङ्कुश राणा शाासनका बिरुद्धको आन्दोलन देखि २०६२÷०६३ को जनआन्दोलन सम्मको अवस्थासम्म आन्दोलनको सखघोष विद्यार्थीहरुबाट नै भएको देखिन्छ । विद्यार्थी आन्दोलनका कारण नेपालको शिक्षा प्रणालीमा क्रमिक रुपमा सुधार हँुदै आएको छ । विभिन्न खाले विद्यार्थी आन्दोलनले गर्दा नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा महत्वपुर्ण प्रभाव परेको छ । विद्यार्थी आन्दोलनका मुद्धाहरु विद्यार्थीहरुको हकहित, वैज्ञानिक शिक्षा प्रणालीको विकास सामाजिक रुपान्तरको अभियान जस्ता उल्लेखनिय कामहरुको लागि भयो । २००४ सालमा जनताका छोराछोरीहरुले पढ्न पाउनुपर्छ भन्दै जयतु संस्कृतम् आन्दोलन राणाहरुको विरुद्धमा भएको थियो । जुनबेला दरबारियाहरुले मात्र पढ्न, लेख्न पाउने अवस्थाको ब्यबस्था मात्रै थियो । त्यसैगरि २००७ सालको निरङ्कुश राणाशासन विरोधी आन्दोलनमा पनि विद्यार्थीहरुको अगुवाइमा भएको आन्दोलनले पनि महत्वपुर्ण भूमिका खेलेको थियो ।

‘यसर्थ अबको प्रणाली व्यवहारिक र बैज्ञानिक हुन पर्छ र अधिकतम आर्थिक उत्पादनमो जोड दिदै स्वरोजगारको अवस्था सिर्जना गर्नु पर्दछ भन्ने विद्यार्थीहरुका अबका आन्दोलनको प्रमुख पक्ष र लक्ष्य हुनु पर्छ । शिक्षा राज्यको मौलिक हक अन्र्तगत हुनु पर्दछ । राज्यको दायित्वमा हुनु पर्दछ । शिक्षामा राज्यको लगानी आवश्यक छ । शिक्षा उत्पादन श्रम सँग जोड्नु पर्छ ।’

२००७ सालमा काठमाण्डौको गोलपार्कमा राजा र दिल्लि सँगको सम्झौता जनताको हित विपरित छ भन्दै विद्यार्थी आन्दोलनमा “चिजिया काजी श्रेष्ठ” सहिद भएका थिए । २००७ साल, २०३६ साल हुँदै २०४६ सालको बहुदलिय व्यबस्थाकोे आन्दोलनलाई स्थापित गर्दै २०६२÷०६३ सालको जनाआन्दोलनमा पनि विद्यार्थी आन्दोलनको भूमिका अतुलनिय भएकोछ । उक्त आन्दोलनका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जसको केही मात्रामा श्रेय विद्यार्थी आन्दोलनलाई नै जाने गरेको छ । अबको आन्दोलन निर्वाहमुखी जीवन स्तर भन्दा पनि समाजलाई आर्थिक रुपान्तरण गर्ने र समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार तय गर्ने शिक्षा प्रणाली जो वैज्ञानिक हुनेछ । त्यस्तो शिक्षा प्रणाली स्थापना गर्नका लागि विद्यार्थीहरुले आन्दोलन गर्न अझै पनि जरुरी खेखिन्छ । निर्वाहमुखी अर्थ व्यवस्थालाई विस्थापित गरि सामाजिक, आर्थिक सम्बपद्धलाई स्थापित गर्ने शिक्षा प्रणालीको विकासका लागि विद्यार्थी आन्दोलन हुनु पर्दछ । यसमा शिक्षा प्रणालीलाई विभिन्न चरणमा वर्गिकरण गरि सरकाले शिक्षा क्षेत्रमा लगानी नर्गु पर्दछ । आधारभुत शिक्षा, मध्यम शिक्षा र उच्च शिक्षा गरी वर्गिकरण गर्नु पर्दछ ।

आभारभुत शिक्षा – मानिसले अक्षर चिन्ने देखि बुझ्ने सम्मको शिक्षाको अबस्थालाई आधारभुत शिक्षाको रुपमा लिन सकिन्छ । यस अन्र्तगत कक्षा १ देखि १० सम्मको शिक्षालाई लिनु पर्दछ । जस्मा मानिसलाई सामान्य देखि जटिल कुराहरु सम्म बुझे्ने अवस्थाको सृजना गर्नु पर्दछ । यस प्रकारको शिक्षाको लागि सरकारले लगानीको कुरामा विषेश ध्यान दिनु पर्दछ । प्रारम्भमा मानिसलाई के बनाउँने, कस्तो बनाउँने भन्ने कुराको निर्धारण यस तहको शिक्षा प्रणालीले गर्दछ ।

मध्यम शिक्षा – यो शिक्षा प्रणाली अत्यन्त जरुरी तथा आवश्यक शिक्षाको तह हो, जसले भोलिको प्रतिफलका निम्ति र समग्र देश विकासको तहमा अत्यावश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा तहको रुपमा विकास गर्दै लग्नु पर्दछ । जस अन्तर्गत यसमा अन्य आर्दशबादी ज्ञान भन्दा पनि व्यवसायिक शिक्षाको रुपमा स्थापित गर्नुपर्दछ । यो प्रत्यक्ष सम्बन्धित क्षेत्रमा काम गर्ने जनशक्तिको रुपमा स्थापित गरिनु पर्दछ । अबको प्राविधिक शिक्षा उत्पादन कार्यसँग प्रत्यक्ष रुपमा संलग्न भएर कार्य गर्ने अवस्थाको सिर्जना सरकारद्धारा हुनु पर्दछ । जसले गर्दा देशमा उत्पादन अधिकतम् रुपमा विकास भई देशलाई आर्थिक सम्वृद्धिको मार्गमा अगाडि लग्न महत्वपुर्ण भुमिका रहन्छ । जस्तै – तत्कालिन अवस्थामा नेपालमा आर्थिक रुपमा रुपान्तरण गर्नका निम्ति कृषि नै उत्तम भएको हुँदा उक्त क्षेत्रमा बढि भन्दा बढि कृषि प्राविधिक जनशक्ति उत्पादन गरि कृषि क्षेत्रलाई विकसित रुपमा लैजानु पर्दछ । यसको प्रत्यक्ष फाइदा कृषक वर्ग वा मजदुर वर्गलाई पुग्ने र स्वरोजगारको अवस्था सिर्जना भई वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोकावट गर्ने शिक्षा हुन्छ । त्यसैगरि साना तथा मझौला उद्योगहरु निमार्ण गर्ने शिक्षा प्रणालीको विकास यसै तहबाट गरिदिनु पर्दछ । उक्त क्षेत्रमा सरकार मार्फत अधिकतम लगानि गरिनुपर्दछ । यो शिक्षा प्रणाली प्रत्यक्ष आर्थिक समृद्धिका निम्ति जोडिएको शिक्षा प्रणाली भएको हुँदा सरकारको संलग्नता बढि मात्रामा रहनु पर्दछ । यस्तो खाले जनशक्ति देशमा धेरै भन्दा धरै मात्रामा उत्पादन गरिनु पर्छ ।

उच्च शिक्षा – उच्च शिक्षाले समाजलाई दिशाबोध गर्ने कार्य गर्दछ । यस अन्तर्गत विभिन्न ज्ञान गुनका कुराहरुको छलफल गर्ने, ज्ञान प्राप्त गर्ने, विद्यावारिधि प्राप्त गर्ने हुँदा यसमा थोरै जनशक्ति उत्पादन हुने गर्दछ । जसले गर्दा सामाजिक रुपान्तरणमा उल्लेखनिय भूमिका खेलेको भए पनि यस्तो जनशक्ति कम मात्रामा उत्पादन हुने हुँदा यस प्रकारको शिक्षा प्रणालीमा सरकारले लगानी न्युनतम मात्रामा गर्नु पर्दछ ।

माथि उल्लेखित शिक्षा प्रणाली नेपालको सन्दर्भमा सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीका रुपमा लिन सकिन्छ । अबको विद्यार्थी आन्दोलन उक्त शिक्षा प्रणाली स्थापित गर्नका निम्ति हुनु पर्दछ । यसर्थ बुर्जवा शिक्षा प्रणाली भन्दा पनि वैज्ञानिक शिक्षा प्रणाली स्थापनाको लागि विद्यार्थीहरुका आवाजहरु बुलन्द हुन जरुरी छ । अबको विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डाको रुपमा रोजगारमुखी शिक्षा प्रणालीको रुपमा विकास गर्नुलाई लिइनु पर्छ । विकशित राष्ट्रको तुलनामा नेपाललाई पु¥याउनका निम्ति जबसम्म नेपालको शिक्षा प्रणाली परिवर्तन गरी उक्त शिक्षा प्रणालीलाई वैज्ञानिक शिक्षा प्रणालीमा परिबर्तन गर्न सकिदैन तब सम्म हाम्रो देश नेपाल विकसित राष्ट्रहरु सँग तुलना गर्न योग्य हुन सक्दैन । यसर्थ अबको प्रणाली व्यवहारिक र बैज्ञानिक हुन पर्छ र अधिकतम आर्थिक उत्पादनमो जोड दिदै स्वरोजगारको अवस्था सिर्जना गर्नु पर्दछ भन्ने विद्यार्थीहरुका अबका आन्दोलनको प्रमुख पक्ष र लक्ष्य हुनु पर्छ । शिक्षा राज्यको मौलिक हक अन्र्तगत हुनु पर्दछ । राज्यको दायित्वमा हुनु पर्दछ । शिक्षामा राज्यको लगानी आवश्यक छ । शिक्षा उत्पादन श्रम सँग जोड्नु पर्छ । शिक्षामा निजीकरण र उदारीकरणको अन्त्य गर्न आवश्यक छ । नेपालको भुगोल, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग हुने दक्ष जनशक्ति उत्पादनका लागि देशको विकास हुने खालको पाठ्यक्रमको निर्माणामा सबैको ध्यान जान र सो कुरालाई ब्यबहारमा लागु गर्नु आजको टट्कारो आबस्यता हो । नेपालको शिक्षालाई विदेशी देखासिखी र विदेशीको ग्राइन डिजाइन बमोजिमको पाठ्यक्रम नबनाई देश निर्माण गर्न सहयोगी भूमिका निर्बाह गर्न अभिप्रेरीत गर्ने खालका बिषयबस्तुहरु पाठ्यक्रममा समाहित गरिनु पर्दछ ।

(लेकख मध्यपश्चिम विश्वबिद्यालयमा अध्ययनरत छात्रा हुन् ।)