प्रदेश प्रमुख परियारद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त


१९ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२४ को शुभकामना सन्देश ब्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२४ को अवसरमा सम्पूर्ण कर्णालीबासी लगायत स्वदेश तथा विदेश रहनुभएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उन्नतिका लागि निरन्तर आफनो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल यतिबेला लामो संघर्षबाट प्राप्त गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, साँस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको छ । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । उल्लेख गर्नुभएको छ ।