पलाँतावासी सबैका घरमा धाराको व्यवस्था गरिने


फागनु १४, कालीकोट ।
कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर वमले पलाँतावासी सबैका घरमा खानेपानी धाराको व्यवस्था गरिने वताएका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) र किर्डाक नेपालद्वारा पलाँतामा आयोजित विभिन्न कार्यक्रमहरु अनुगमन र वैठकका क्रममा उपस्थित टोली सामु अध्यक्ष वमले उक्त प्रतिबद्धता गरेका हुन् ।
पालिकावासी सबैका घरमा धाराको व्यवस्था गर्ने क्रममा वडा नं -९ का सबै घरमा धारा सञ्चालन हुन लागिसकेको र ७ र ८ वडामा एक घर एक धाराको लागि बजेट व्यवस्था गरि काम सुरुवात हुने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो । पालिकाको पहलमा प्रदेश सरकारले पलाँता बृहत खानेपानीको लागि १ करोड बजेट व्यवस्था गरेकोेमा उक्त बजेटबाट ३ नम्बर वडाको सबै घरमा धाराको व्यवस्था गर्नेगरी सर्वे सम्पन्न भएको वताइएको छ । यसैगरी बाँकी वडामा पनि विगतमा सञ्चालित योजना सम्पन्न गर्नुका साथै नयाँ योजनाबाट प्रत्येक घरमा धारा सञ्चालन गर्ने नीतिमा अघि बढेको पालिकाबाट निम्न स्थितिका परिवारबाट पानीको महसुल नलगिने अध्यक्ष वमको दाबी छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालबाट उपभोक्ता अधिकारको सुनिश्चितता सम्बन्धि कार्यक्रम सञ्चालन हुँदा पलाँता सरकारले महासंघले दिएका सुझाब भन्दापनि अझैं बढी प्रथामिकतामा खानेपानी तथा सरसफाइ को विषयलाई केन्द्रित गरेको पालिका उपाध्यक्ष दाना न्यौपानेले वताउनुभयो । दिनमा १२ मध्ये ११ घण्टा धारामा विताउने पलाँताकी महिलाहरु खानेपानीकै कारण ठूलो दुःख पाउने गरेकोमा अब त्यो स्थिति अन्त्य भएर सुःख पाउनेउहाँको भनाइ छ । पलाँतामा किर्डाक नेपालले फिल्ड कार्यालय र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले शाखा कार्यालय सञ्चालन गरेर पालिका स्तरमा नीति नियम निर्माणका साथै बजेटको व्यवस्थित कार्यान्वयनमा अतुलनीय सहयोग गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले वताए । पलाँता – १ का अध्यक्ष मानबहादुर भण्डारीले आफ्नो वडामा यसअघि फनबोर्डमार्फत स्थानीय भिडीसेफ संस्थाले गरेको पूर्ण सरसफाइ अभियान तथा १ घर १ धाराको कार्यक्रम प्रभावकारी नबनाई लथालिङ्ग छोडेको वताए । यसैगरी जिल्ला स्तरबाट यसअघि सञ्चालित योजनाको बजेट मार्फत बनेका योजनाको पाइपहरु काम नलाग्ने अवस्था जताततै खेर गैरहेको स्थानीयहरु वताउछन ।