७ असोज, सुर्खेत । लुम्विनी बौद्ध विश्वविद्यालयको सभाको सदस्यमा सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र पत्रकार एवं सामाजिक अभियन्ता जीवनकुमार शाक्य मनोनय हुनुभएको छ ।
ढकाल र शाक्यलाई विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन अनुसार गत भाद्र ३० गते विश्वविद्यालय सभा सदस्यमा मनोनयन गर्नुभएको हो ।
मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख एव युवा नेता हुनुहुन्छ भने जीवनकुमार शाक्य पत्रकार, सामाजिक अभियन्ता, नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यबहाक अध्यक्ष, दृष्टिविहिन हेरबिचार केन्द्रका अध्यक्ष तथा यस मिडियाका संरक्षक समेत हुनुहुन्छ ।




Prawash Kumar Shakya । ७ आश्विन २०७७, बुधबार २१:३८ बजे