जिसी हत्या प्रकरणः घटनास्थलबाट चक्कु बरामद, जाहेरी दिएका सबैजना अनुसन्धानमा नआए शव पोष्टमार्टन गदैनौः पिडित


१६ भाद्र, सुर्खेत । तिजको दिन नाच हेर्ने क्रममा वीरेन्द्रनगर नगरपालिका वडा न‌ं. १० बामेखोलामा भएको विवाद पछि रोशन जि.सीको हत्या भएको घटनास्थलबाट चक्कु बरामद भएको छ ।

यही भाद्र १४ गते तिजको दिन वीरेन्द्रनगर वडा नं. १०को पठानटोलमा तिजको नाच हेर्ने क्रममा सामान्य विवादका कारण भएको रोशन जि.सीको हत्या पश्चात मृतकका बुवाले दिनु भएको किटानी जारीका आधारमा हत्यामा संलग्न पाँचजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिई अनसुन्धान गरिरहेको छ भने,आज थप तीन जनालाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ ।

कार्कीले भन्नुभयो “हामिले घटनास्थलबाट एक थान चक्कु बरामद गरे संगै पिडितले दिनु भएको थप किटानी जाहेरीको आधारमा हिरासतमा लिएका तीन जनासंग पनि अनुसन्धान गरी रहेका छौ ।

यसैगरी मृतका बुवा गणेश जि.सीले  किटानी जाहेरीमा जती जना आशंकित व्यक्तिहरुको नाम दिएका छौ सम्पूर्ण व्यक्तिहरुलाई हिरासतमा लिई अनुसन्धान नगर्ने बेला सम्म छोराको शव पोष्टमार्टम नगर्ने बताउनु भयो ।

जि.सी भन्नुहुन्छ “मेरो छोरालाईृ एकदुई जनाले मात्र मारे भन्ने कुरामा मलाई आशंका लागि रहेको छ । हाम्रो उद्धेश्य घटनालाई कमजोर बनाउने र प्रहरी प्रशासनलाई असहयोग गर्ने भन्ने होईन तै पनि जब सम्म मेरो छोराको हत्यामा संलग्न भएकाहरुलाई छिट्टो भन्दा छिट्टो कानुनी दायरामा ल्याइदैन तब सम्म मेरो छोराको पोष्टमार्टम गर्दैनौ ।