बिद्यार्थीहरुद्धारा निशुल्क स्वास्थ्य सिभिर संचालन


तस्विरःरमेस हमाल फेसबुकबाट ।

सुर्खेत,१६ फागुण । स्वास्थ्य नै धन हो भन्ने भावनाका साथ साताव्यापी रुपमा निशुल्क स्वास्थ्य सिभिर संचालन गर्दे हिडिरहेका भक्तपुरको लोकन्थली स्थित समृद्धी कलेजका स्नातक तह सामाजिक कार्यमा अध्ययनरत बिद्यार्थीहरुले बिहिबार(आज) लेकवेशी नगरपालीका वडा नं.४ स्थीत श्री जनक मावि गमखोला लेकवेसि ४ का कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ३०० बिद्यार्थीहरुलाई श्री उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेत र प्राथमिक स्वास्थ्य केन्द्र लेकवेसि का दक्ष चिकित्सकहरु द्वारा निशुल्क स्वास्थ्य परिक्षण गराएका हुन्।

यहि फागुन ११ गते काठमाडौंबाट आएको समृद्धि कलेजको टोलिले करिब ३०० बिद्यार्थीहरुलाई श्री उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र लेकवेसि ४ का दक्ष चिकित्सकहरु द्वारा निस्शुल्क स्वास्थ्य परिक्षण गराउनुका साथै पुस्तकालय निमार्णका लागि पुस्तकहरु , खेलकुद सामाग्री, स्वास्थ्य परीक्षण गर्ने सामान अनि महिनावारिको बेला प्रयोग गर्ने सेनिटरी प्याड बनाउने तथा प्रयोग गर्ने विधि बारे तालिम पनि संचालन गरेको संकायका प्रमुख रमेश हमालले बताउनु भयो ।

तस्विरःरमेस हमाल फेसबुकबाट ।

श्री जनक मावि बिद्यालय अविभावक संघका अध्यक्ष हेमराज चपाईको अध्यक्षता तथा लेकवेशी नगरपालीकाका प्रमुख श्री गगन सिंह सुनारको प्रमुख आथित्य वडा नं०४का वडा अध्यक्ष श्री खगेन्द्र बहादुर रुचालको बिशेष आथित्यतामा सम्पन्न स्वास्थ्य परिक्षण कार्यक्रममा उत्तरपश्चिम पृतना हेडक्वाटरका २ जना चिकित्सक, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर सुर्खेतका डा. टंक न्यौपाने समृद्धि कलेजका समाजिक सन्काय प्रमुख रमेश हमाल लगायत को उपस्थित रहेको थियो

विध्यालयका प्रधानध्यापक पारसमनी थापाले सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दे, भन्नुभयो, निस्वार्थ भावनाले समामजिक कार्य गर्न चाहाने व्यक्तिहरुलाई कसैले पनि रोक्न सक्दैन, पछिल्लो समयमा सरकारले जती प्रयास गरे पनि स्वास्थ्य क्षेत्रको लगानी अपयाप्त भईरहेको र बिकटमा बसोवास गरीरहेका जनताहरु सम्म स्वास्थ्य पहुच सहजै नभईरहेको बेला विभिन्न सामाजिक कार्य गर्ने संघ–संस्थाहरु घरआगनमा नै गएर कार्यक्रम गरिदिदा प्रत्यक्ष रुपमा रोगीलाई सहयोग हुने बताउनु भयो ।

समृद्धि कलेजका समाजिक कार्य संकाय प्रमुख रमेश हमाल द्वारा उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेत, अतिथी तथा प्राथमिक स्वास्थ्य केन्द्र लाई मायाको चिनो प्रदान गरि कार्यक्रम सफल पार्नका लागी सहयोग गर्ने सम्पूर्ण अभिभावक, बिद्यार्थीहरु, अतिथिज्यूहरु , बिद्यालय परिवार, चिकित्सक समूह, समृद्धिका बिद्यार्थीहरु तथा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।