मेडिकल कलेज स्थापनाकालागि अझै जग्गा फेला परेन


सुर्खेत, २७ भदौ । सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा खोजी सुरु भएको एक महिना वितेपनि अझै उपयुक्त जग्गा फेला पर्न सकेको छैन । आवश्यक पूर्वाधारको खोजी गरी सिफारिस गर्न शिक्षा मन्त्रालयले परिपत्र गरिसकेको भएपनि अझै जग्गा सिफारिस गर्न सकिएको छैन । माओवादी केन्द्र सुर्खेतका नेता जीतबहादुर रानाको संयोजकत्वमा समिति गठन गरिएको समितिले सरोकारवालासँग सर्वपक्षीय छलफल गरी जग्गाको खोजी अभियान थालेको थियो । दुई महिनाभित्र जग्गाको पहिचान गरी सिफारिस गर्ने समितिले जनाए पनि जग्गा खोजी कार्यमा ढिलाई भएको सरोकारवालाले बताएका छन् । कलेजका लागि कम्तिमा पनि १० बिघा जग्गा आवश्यक पर्ने देखिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । मेडिकल कलेज स्थापनार्थ आवश्यक जग्गा र स्थान छनौट गर्ने अधिकार समितिलाई दिइएको भएपनि जग्गा नपाउदा समस्या भएको छ । समितिको सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी दीपा हमाल, सदस्यमा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा र अधिवक्ता कृष्णबहादुर हमाल रहनु भएको छ ।

साभारः राराखबर अनलाइन