दैलेखी एकता समाजद्वारा शोक सभा


सुर्खेत, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सम्झनामा सुर्खेतको वीरेन्द्रचौकमा दैलेखि एकता समाजले शोक सभा गरेको छ ।

उक्त शोक सभा कार्यक्रममा दैलेख क्षेत्र प्रदेश सभा ख का सदस्य अमरबहादुर थापा, कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारिका विद्यार्थी नेता कार्यकर्ता, दैलेखी विद्यार्थी लगायत सुर्खेतका स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शोक बक्तव्य तथा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा सदस्य अमरबहादुर थापाले, रबिन्द्र अधिकारिले गरेको योगदान लाई सम्झनु भएको थियो ।

हेलिकप्टरमा ज्यान गुमाएका सातैजनालाई दैलेखि एकता समाजले मैनबत्ती प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेको हो ।