बिपिन आचार्यको अर्धशतकिए पारीले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ८ रनले बिजयीः केपिएल


तस्विरः बुलबुलेखबर ।

खेलको प्लेयर अफ द म्याच बिपिन आचार्य घोषित ।

बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा यहि जेठ ३ गते देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी भएको रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गतको खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले (केसीटिसी)ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो।

खराब सुरुवात गरेको केसीटिसीले सुरुवाती ५ विकेट मात्र ३२ रनको स्कोरमा गुमाएको थियो। छैठौ विकेटको लागि बिपिन आचार्य र बिबेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन पार गराएका थिए। बिपिनले ५७ रन तथा बिबेकले ४५ रनको इनिंग खेले जुन क्रममा बिपिनले ३९ बलमा ७ चौका र १ छक्का तथा बिबेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

जवाफि खेलमा जितको लक्ष्य पछ््याउने क्रममा रोयल राइजिंगले पुरा २० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । राइजिंगको लागि ओपनिङ्ग ब्यट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाउने क्रममा ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे पनि जितको लागि पर्याप्त हुन सकेन।
खेलमा रोयल राइजिंगका बलर प्रकाश जैसीले ३ विकेट तथा बिबस सिरी र विजय बिस्टले समान २–२ विकेट हात पारे।

केसीटिसीका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट हात पारे।