
२७ फागुन, सुर्खेत । देश कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले बताउनुभएको छ ।
पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका प्रचण्डले हरेक कठिन घटनाक्रममा आफ्नो पार्टीले देशलाई सही गतिमा डोर्याउन निर्णायक भूमिका खेलेको दावी गर्नुभयो ।
देशमा विकसित हुने कठिन घटनाक्रममा आफ्नो पार्टीले सही दिशामा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको र पछिल्लो एमसीसी प्रकरणले थप भरोसा माओवादीप्रति बढेको प्रचण्डले बताउनुभयो । उहाँले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा अघि बढेकाे दाबी समेत गर्नुभयो ।
‘अघिल्लो गठबन्धन भन्नुहोस् वा अहिलेको गठबन्धन भन्नुस् कठिन घटनाक्रमहुँदा अन्तिम समयमा माओवादीले जोगाएको छ,’ प्रचण्ड भन्नभयो, ‘अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने क्रममा राष्ट्र विभाजन हुने खतरामा थियो तर त्यसलाई सही मार्गमा ल्याउन एमसीसी पारित गरेर विभाजन हुनबाट फेरि पनि माओवादीले नै जाेगाएको छ ।’
प्रचण्डले एमसीसी पासपछि गठबन्धन सुरक्षित भएको दावी गर्नुभयो । व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको प्रचण्डले उल्लेख गर्नुभयो । आफूले गठबन्धन मात्रै नभनेको र पार्टीलाई मजवुत बनाउन एकतावद्ध गर्ने अभियानमा लागेको बताउनुभयो ।
पार्टी नै विभाजन हुन लाग्यो भन्ने चर्चा केही दिन भएपनि केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध गर्न र एउटै विचार लाइनको आधारमा निर्वाचनमा जानेगरी निर्णय गरिएको प्रचण्डले जिकीर गर्नुभयो । प्रचण्ड नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेर प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएको हो ।
नेपालीरैवारबाट
Prawash Kumar Shakya । २७ फाल्गुन २०७८, शुक्रबार १४:२४ बजे