आज महाशिवरात्री धुमधामका साथ मनाईदै (फोटोफिचर)


२० फागुन, सुर्खेत । हिन्दु धर्मालम्वीहरुको महानचाड आज महाशिवरात्री देशैभर धुमधामका साथ मनाइदै छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा रहेको ऐतिहासिक शिवमन्दिरमा श्रद्धालुभक्तजनहरुको मन्दिर दर्शन गर्नकालागि ठूलो मात्रामा भिड लागेको छ ।

हरेक वर्ष स्थानीय क्लवहरुले महाशिवरात्री पर्वमा मन्दिर व्यवस्थापन गर्दै आएको मा यसपटक भने मन्दिर व्यवस्थापन समिति गठन भए संगै समितिले महाशिवरात्रीकोलागि छुट्टै व्यवस्थापन समिति गठन गरेको छ ।

श्रद्धालुभक्तजनहरुका अनुसार यसपटक लाटीकोइली शिवमन्दिरमा पहिलेको भन्दा राम्रो व्यवस्थापन भएको बताएका छन् ।

भक्तजनहरुलाई मन्दिर दर्शन गर्न सजिलो होस भन्ने हेतुले लाटीकोइलीको सत्यनारायण मन्दिर चोकबाट शिव मन्दिर सम्म सवारी साधन चल्न रोक लगाएको छ ।

यसैवीच वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले ऐतिहासिक शिव मन्दिर अब चाँडै स्मार्ट मन्दिरमा परिणत हुने बताउनुभयो । “स्मार्ट मन्दिर बनाउनकालागि हामीले गत श्रावण महिनामा शिवपुराण मेला लगाएका थियौ अब मन्दिरलाई कस्तो बनाउने भन्नेमा हामी गुरु योजना तयार पार्दै छौ त्यसै अनुसार हामी काम गरिरहेको छौ उहाँले भन्नुभयो ।