जेठ मसान्त सम्म काँक्रेविहारको स्वरुप निर्माण सम्पन्न हुने निर्माण कम्पनीको भनाई


४ चैत्र, सुर्खेत । कर्णाली प्रदेशमा रहेको नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा निर्माणाधिन शिखर शैलीको मन्दिरको स्वरुपको निर्माण आगामी बर्षको जेठ मसान्त सम्म गरिसक्ने निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सनले जनाएको छ ।

थप निर्माण गर्ने समय २०७४ जेठ मसान्त भएपनि विभिन्न कारणले गर्दा निर्माणमा ढिलाई भएको निर्माण कम्पनीका तिर्थराम काशीछावाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले काँक्रेविहारलाई दोश्रो लुम्विनीको रुपमा हेरिएको छ । आर्थिक, सामाजिक र साँस्कृतिक विकास संगै कार्णाली राजमार्गलाई जोड्ने भएकोले काँक्रेविहारलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले नेपाल कै पर्यटकिय क्षेत्र मध्यको काँक्रेविहार ऐतिहासिक रहेकोले निर्माण कार्यमा ढिलाई भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अब निश्चित समयसीमा भित्र काँक्रेविहारको पुनःनिर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।