कर्णालीका २७ डिपोमा ९२ हजार क्विन्टल चामलको माग


कर्णाली प्रदेशका २७ डिपोमा ९२ हजार क्विन्टल चामलको माग बढेको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि मा वार्षिक नियमित चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थानलले चालु आर्थिक वर्ष ९२ हजार क्विन्टल चामल अपुग देखिएको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख भिमबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, खाद्य संस्थानले ०७४, ०७५ मा स्वीकृत कोटा ४२ हजार ४० क्विन्टलमा ४१ हजार १ सय ४२ क्विन्टलचामल २७ वटा डिपोमा चामल पठाएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपाल खाद्य संस्थानको स्वीकृत कोटा कम देखिएको पाइएको छ । गत आर्थिक वर्ष ०७३, ७४ मा खाद्य संस्थानबाट ६५ हजार २ सय ९७ क्विन्टल चामल सुर्खेतबाट कर्णाली प्रदेशका २७ वटा डिपोमा चलान भएको देखिन्छ ।

गत वर्षको तुलनामा २४ हजार १ सय ५५ क्विन्टल कम स्वीकृत भएको पाइएको छ । नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका हुम्ला जुम्ला, कालिकोट डोल्पा, मुगु,दैलेखलगायतका स्थानका विभिन्न डिपोमा चामल ढुवानी गर्दै आएको छ ।

२७ डिपोमा ४१ हजार १ सय ४२ क्विन्टल १० केजी खपत

नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले हुम्लाका शाखा र डिपोमा कुल ११ हजार ८ सय १७ क्विन्टल १५ केजी चामल हवाई ढुवानी र स्थलमार्ग हुदै पु-याइ सकेको नेपाल खाद्य संस्थान कार्यालय सुर्खेतले जनाएको छ । यस्तै गरी मुगु जिल्लाका सबै डिपो र शाखाका लागि ८ हजार ५२ क्वीन्टल ४ केजी पठाएको पाइएको छ ।

जुम्लाको लागि ४ हजार ३ सय ६४ क्विन्टल ८५ केजी चलान गरिएको देखिन्छ । डोल्पाका ४ लागि हजार ७ सय ९४ क्विन्टल ८०, कालिकोटाका लागि ५ हजार ४९ क्विन्टल ८० केजी पुगेपनि थप माग आएको छ ।

यो आर्थिक वर्षमा दैलेखमा पाँच सय ४१ क्वीन्टल २० केजी चलान ढुवानी भएको छ । बाजुराको कवाडी बिक्री केन्द्रका लागि २ हजार ९ सय ७८ क्विन्टल १० केजी खाद्य संस्थानबाट चलान गरिसकेको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख थापाले जानकारी दिएका छन । उनका अनुसार, हिमाली तथा दुर्गम जिल्लाका २७ वटा डिपोमा ९७ प्रतिशत चामल खाद्य संस्थानले पठाइसकेको छ ।

कहाँबाट कति माग चामल ?

कर्णाली प्रदेशका रुकुम पशिचम, सल्यान जाजरकोट, सुर्खेतबाहेकका हुम्ला, जुम्ला,कालिकोट, डोल्पा, मुगु दैलेखलगायतका डिपोबाट थप चामल मागको सिफारिस आएको नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले जनाएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाबाट १० हजार क्युन्टल थप माग आएको छ ।

सर्केगाँर्ड डिपोका लागि आठ हजार क्विन्टल, देउली डिपोको लागि ५ हजार र श्रीनगर डिपोको लागि ३ हजार क्वीन्टल यस्तै गरी छप्रेला पुइमा डिपोका लागि ८ हजार क्विन्टल चामलको थप मागको सिफारिस छ ।

खाद्य संस्थान मुगु शाखा कार्यालयका लागि दुई हजार ५ सय क्विन्टल र मुगु जिल्लाकै पुलु डिपोमा १ हजार क्विन्टल, यस्तै गरी सोरुकोट मुगु डिपोका लागि ५ हजार क्वीन्टल र श्रीकोट मुगु डिपोका लागि ५ हजार बिक्रि केन्द्र कालै मुगुका लागि ५ हजार बिक्री केन्द्र रातापानीका लागि १० हजार क्विन्टल थप माग गरिएको छ ।

खाद्य संस्थान जुम्ला शाखा कार्यालयका लागि पाँच हजार क्विन्टल चामल माग गरिएको छ । भने जुम्लाकै धापा डिपो कार्यालय २ हजार ५ सय क्विन्टल माग छ । डिपो जुम्लाकोटका लागि १ हजार क्विन्टल मागको सिफारिस आएको पाईएको छ ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय दुनै डोल्पाका लागि २ हजार क्विन्टल को माग छ । भने जुफाल डोल्पाका लागि २ हजार क्विन्टल, डिपो काईगाँउ डोल्पाबाट ५ हजार, क्विन्टल र डिपो सर्मी डोल्पाबाट १ हजार क्वीन्टल चामल माग गरिएको छ ।

डिपो लिकु डोल्पा १ हजार क्विन्टल, डिपो शहरतारा डोल्पाका लागि ४ हजार क्विन्टल चामल माग गरिएको छ । यस्तै गरी शाखा कार्यालय कालिकोटका लागि २ हजार क्वीन्टल र डिपो थिर्पु कालिकोटका लागि १ हजार क्वीन्टल र पदमघाटका लागि १ हजार क्विन्टल माग गरिएको पाइएको छ ।
दैलेख जिल्लाा ५ सय ४१ क्वीन्टल २० केजी चामल गरिपनि ३ हजारको थप चामल माग आएको पाइएको छ । यस्तै गरी बिक्री केन्द्र कवाडी बाजुराबाट थप ७ हजार क्वीन्टल थप चामल माग गरिएको नेपाल खाद्य संस्थान सुर्खेत क्षेत्रीय कार्यालयले जनाएको छ ।

संस्थान सुर्खेत कार्यालयबाट कार्णाली प्रदेशका दुर्गम र हिमाली क्षेत्रहरुमा हवाई र स्थल मार्ग हुदै खाद्यन्न ढुवानी हुने गरेको छ । हाल २७ वटा डिपोका लागि मात्रै ९२ हजार थप चामल माग भएको नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले जनाएको छ । सुर्खेत खाद्य संस्थानमा कार्यालयमा १५ हजार खाद्य मौज्दात रहेको र गोदाम खाली नहुने प्रमुख थापाले बताए । नयाँ पत्रिकाबाट