मोटे ग्याङ्गको होली नवपालुवामा


६ चैत्र, सुर्खेत । चर्चित सामाजिक सञ्जाल फेसबुकको ग्रुप मोटे ग्याङ्ग नेपालले वीरेन्द्रनगर ५ सुर्खेत स्थित नव-पालुवा मोन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु संग यस बर्षको होली पर्व मनाएको छ ।

मोन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु संग रङ्गहरुको पर्वमा खुशीयाली साटासाट गर्न बालबालिकाहरुलाई केही खाने कुरा दिएर होली मनाइएको मोटे ग्याङ्ग नेपालका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।

फेसबुकमा करिब १५ हजार बढी सदस्य समूहमा आबद्ध रहेको मोटे ग्याङ्ग नेपालले केही समयदेखि सुर्खेतमा रहेर विभिन्न संगसंस्था संग सहकार्य गर्दै सामाजिक कार्यमा अगाडी बढ्दै आइरहेको छ ।

रङ्गहरुको यो पर्वले सबै जीवन रङ्गिन होस भन्दै ग्रुपका एडमिन कुमार सम्सेरले यो पर्वले सम्पूर्ण नेपालीहरुमा भाइचाराको भावना अभिबृद्धी होस भन्ने कामना गर्नुभयो ।