२५ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट नेपालमा संक्रमित हुनेको संख्या १०१ पुगेको छ । कपिलवस्तुमा २ जना संक्रमित भेटिए संगै १०१ जना संक्रमित पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका क्रम आज कपिलबस्तुका २ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित २ जना १६ र २२ बर्षका पुरुष भएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।




Prawash Kumar Shakya । २५ बैशाख २०७७, बिहीबार २१:०० बजे