सुर्खेतमा फागुको उल्लास (फोटो फिचर)


६ चैत, सुर्खेत । रंगहरुको पर्व फागु पूर्णिमा (होली) सुर्खेतमा भव्य रुपले मनाइएको छ । सुर्खेतको विभिन्न ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु सुर्खेतको पर्यटकिय स्थल बुलबुलेमा होली खेल्न पुगेका थिए ।

सडक किनारमा बृद्ध,युवायुवती एवंम् बालवालीकाहरु एक आपसमा रंग दल्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए ।
गत वर्ष झैँ लेकसाइडमा स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था गरेको थियो । त्यसको लागि फरक फरक कार्यक्रमहरु आयोजना गरेको थियो ।

सुर्खेतमा जिल्ला स्थीत विभिन्न संघ–संस्था एवंम् विधालयहरुले भोली बिशेष कार्यक्रमहरुको आयोजना गरी एकआपसमा शुभकामना आदान–प्रदान गरेका थिए ।

हेर्नुहोस् तस्विरहरु