
मिलन श्रेष्ठ
मंसिर,सुर्खेत ।सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था लि. वीरेन्द्रनगर नगरपालिका वडा नं.१ को सातौं बार्षिक चुनावी साधारण सभा संस्थाका अध्यक्ष इन्द्रा चालीसे को अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री गंगाराम सुनार ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
उक्त चुनावी साधारण सभालाइ सम्बोधन गर्दै प्रमुअ अथिति वीरेन्द्रनगर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री गंगाराम सुनारले महिलाहरु इमान्दार र मिहिनेती हुने भएकोले महिलाहरुले नेतृत्व गरेको जुनसुकै संस्था सफल हुने कुरा ब्यक्त गर्नु भयो । अरु सहकारी भन्दा सामाजिक उद्यमी महिला सहकारी फरक प्रकृतिको भएको र यस सहकारीले नाम र उद्देश्य अनुसारको काम गरेकोमा प्रसंशा गर्नु भयो । यस सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था जस्तै प्रकृतिको सहकारी अरु नभएको कारण यस संस्थालाई कार्य क्षेत्र बिस्तार गर्न र शेयर सदस्य बृद्धि गर्न भन्दै यसमा आफुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
यसैगरी हेफर र सुन्दर नेपाल संस्थाले सदस्यलाइ ब्यवसायमा आकर्सित गरी आर्थिक आम्दानी बृद्धि गर्नको लागि माछापुच्छ्रे बैंक सँग समन्वय गरी न्यूनतम ब्याजदरमा कर्जा प्रदान गर्न लागेको कामको श्रहाना गर्दै सबै सदस्यहरुलाइ उत्पादनशिल कार्यमा लाग्न आग्रह गर्नुका साथै त्यसका लागि स्थानिय सरकारको तर्फबात सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशेष अतिथि एवंम् सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देक श्री भुपेन्द्र कंडेलले सामाजिक उद्यमी सहकारीहरु अरु सहकारी भन्दा फरक प्रकृति रहको कुरा बताउदै ब्यवसायमा लाग्न सबैलाई आग्रह गर्नु भयो । अतिथि सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदम बहादुर दलामी ले हेफरले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याउने कुरामा जोड दिदै नेपाल सरकारको लगानी र हेफर इन्टरनेशनल नेपालको प्राबिधिक सहयोगमा निर्माण हुन लागेका आधुनिक बधशाला निर्माणमा सबै शेयर सदस्यलाई शेयर लगानीका लागि आव्हान समेत गर्नु भयो । यसै गरी दलामीले सरकारको लगानीमा बन्न लागेका बधशालाहरुले साना किसानहरुको आर्थिक आम्दानीमा थप बृद्धि गर्ने भएकोले यसमा लगानी डुब्ने कुरामा शंका नगरी ढुक्क भएर लगानी गर्नका लागी आग्रह समेत गर्नुभयो ।
साधारण सभामा कोषाअध्यक्ष तुल्सी बि.क. ले रु.१ करोड ३४ लाख ४७ हजार ४ सय ३९ रुपैयाको आर्थिक बर्ष २०७५÷०७६ सालको आय ब्यय र आगामी बर्षका लागी ३ करोड २९ लाख ७६ हजार बराबरको प्रस्तावित बजेट सहितको प्रतिबेदन पेश गर्नु भएको थियो भने लेखा सुपरिबेक्षण समितिका संयोजक बिष्णु पौडेलले लेखा प्रतिबेदन पेश गर्नु भएको थियो ।
उक्त सातौं साधारण सभामा सहकारीले सन्चालन गरेको सामुहिक खसी बाख्रा बजारीकरणमा सहयोग पुर्याउने १ जना सहयोगी पुरुषलाई दोसल्ला ओढायर सम्मान गरिएको थियो । यसैगरी सहकारीमा धेरै ऐच्छिक बचत तर्फ १ जना र गत बर्ष सबै भन्दा धेरै बचत गर्ने बाल बचत तर्फ २ जना र उत्कृष्ट तरकारी खेती गरी १ जना गरी कुल ४ जनालाई नगद प्रदान गरी सम्मान गरिएको थियो भने २ जना जेष्ठ शेयर सदस्य लाई तुमलेतद्धारा सम्मान गरिएको थियो, गर्ने गर्ने सदस्यलाइ नगर द्धारा पुरस्कृत गरिएको साधारण सभामा सुन्दर नेपाल संस्थाका काशीराम शर्मा, बिभिन्न सहकारी संस्थाका प्रतिनिहरु लगाएतको उपस्थिति रहेको थियो ।
सम्झौता सहकारीका संस्थाको सातौ चुनावी साधारण सभाले पूनः टीकाकुमारी अधिकारीकै अध्यक्षतामा १० सदस्यीय संचालन समिती चयन गरेको छ जसको उपाध्यक्षा खगीसरा गिरी, सचिवमा तुल्सी बि.क, कोषाध्यक्षमा यामकुमारी ढुंगाना सदस्यहरुमा रुपीसरा सिंजाली, टीका चपागाई,बिद्या गिरी, ममता चालिसे, पद्मा थापा, सीता कंडेल र तिर्सना थापा रहेका छन्, यसै गरी सभाले बिष्णु पौडेलको संयोजकत्वमा २ सदस्यीय लेखा समिती गठन गरेको छ जसको सदस्यमा कृष्णाकुमारी चपाई र सुधा क्षेत्री(वली) रहनु भएको ।



Milan Shrestha । १३ मंसिर २०७६, शुक्रबार ०८:२७ बजे