दैलेख–दैलेखको कालभैरव र मालिकाको केन्द्रविन्दु मानिने मालिका लेकको जंगलमा माई भगवती कालिका रहेको मन्दिर नजिकै दैविक शक्तिकै कारण अर्को मन्दिर उत्खनन् गरिएको छ। देवीले आफ्नो भगवती मन्दिर पुरिएको अवस्थामा रहेको बताएपछि यहाँ उत्खनन् गर्न थालिएको हो।
देवीहरुमा दैविक शक्ति आएका बेला आफ्नो मन्दिर पुरिएकाले उत्खनन् गरी मन्दिरमा पूजापाठ गर्न भक्तजनलाई भनेपछि रामनवमीको दिन पारेर उत्खनन् प्रकृया अघि बढाइएको हो। देवीले जंगलकोबीचमा आफ्नो मन्दिर भएकै स्थानमा लिंग गाडेपछि त्यही उत्खनन् सुरु गरिएको जनाइएको छ। उत्खनन् दुई पटक हुने जनाइएको छ। रामनवमीमा पहिलो पटक आधा र चडिपूर्णिमाको दिनमा पूरा हुने मालिका माई भगवती कालिका पंचधाम मन्दिर मुल व्यवस्थापन समितिका सचिव जगत पन्तले बताए । ‘देवीको शक्तिले आफ्नो मन्दिर जमिनभित्र पुरिएको बताएपछि स्थानीय सवै मिलेर उत्खनन् गरिरहेका छौं,’ उनले भने, ‘धेरै तल भएकाले पहिलो दिन आधा काम भयो। चडिपूर्णीमा दिन उत्खनन् सक्छौं।’ यहाँबाट दैलेखको पवित्र धार्मिक स्थलहरु तल्लोडुगेश्वर, माथिल्लो डुगेश्वर, श्रीस्थान, नाविस्थान– ५ कोषको दूरीमा रहेका छन्। सवै तिर्थ यहीबाट हेर्नसमेत सकिन्छ। उत्खनन् भएको नजिकै दक्षिणतिर भगवती गंगा छन्। महेश्वर, विष्णु, गणेश, भैरव, मष्टलगायत भगवती कालीमाईको शक्तिपिठ रहेको छ। उत्खनन् गरिएको ठाँउ नजिक गुप्त गुफा पनि भेटिएको छ। गुफाभित्र जलको भण्डार रहेको छ। ‘जलमा पंचशीर नाग निवाश रहेको माताहरुले बताएका छन्,’ सचिव पन्तले भने,’ती पंचशीर नागबाट सवै देवताको रक्षा भैरहेको देवीले बताएका छन्। जंगलकोबीचमा देवताहरुको बास छ भनेर धेरै टाढाबाट देवीहरु स्यवं आए। अनि उत्खनन् गर्न लगाएका छन्।’ उत्खनन् बाजागाजा सहित धार्मीहरु नाचेर गरिएको थियो। कोटिलामा रहेकी मुख्य माताले शिवरात्रीका बेला त्यहाँ भगवतीको मन्दिर रहेको बताएको र लगत्तै सदरमुकाममा रहेका लक्ष्मी केसी र निर्मला श्रेष्ठको शरिरमा दैविक शक्ति आएका बेला मन्दिर उत्खनन गरी पूजापाठ गर्न भनेपछि उत्खनन् गरिएको मालिका माई भगवती कालिका पंचधाम मन्दिर मुल ब्यवस्थापन सचिव टोपबहादुर शाहीले बताए । उत्खनन् हुँदा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समसुर गुल्मका गुल्मपती सूर्यकान्त घिमिरे, दैलेख प्रहरी प्रमुख वीरबहादुर ओली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत सहभागी रहेका थिए। १ हजारभन्दा बढी भक्तजनको रोहवरमा उत्खनन भएको थियो। जमिनमुनी भगवनी शिला रहेकोसमेत जनाइएको छ। ‘दैलेख देवलोकको जिल्ला भएको यहाँ धेरै देवदेवताको बास रहेको छ,’स्थानीय रुद्र शाहीले भने, तत्काल यस्ता ठाँउमा नेपाल सरकारले संरक्षणमा ध्यान दिनुपर्छ।’ त्यस्तै १२ वर्षीया ललिता शाहीलाई रक्षाको लागि मष्ट देवताले साथ दिएको र अहिले उनको शरीरमा भगवतीको महिनी आउने गरेको स्थानीयले बताए। भगवतीको महिनीको रुपमा उनी देखापरेपछि मन्दिरको सवै जिम्मेवारी समेत दिइएको छ। ललिता कामेर भगवतीको बारेमा सवै भन्ने गरेकी छिन् ।
साभारः नागरिक अनलाइन

Milan Shrestha । ४ बैशाख २०७३, शनिबार ०८:४० बजे