एशियन वीमा कम्पनीद्वारा भुकम्प पिडितहरुलाई राहत रकम हस्तान्तरण



१५ माघ, सुर्खेत । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा भूकम्प पीडितका लागि राहत रकम हस्तान्तण गरेको छ ।

गत कात्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भूकम्पमा परि ज्यान गुमाउनेहरु र घाईतेहरुको सहयोगका लागि कम्पनीले सोमवार (आज) उक्त राहत रकमको चेक कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेको हो ।

कम्पनीको माघ १२ गतेको बसेको संचालक समितिको निर्णय पश्चात कर्णाली प्रदेशका उप क्षेत्रिय प्रबन्धक बीर बहादुर भण्डारीले मुख्यमन्त्री  शर्मालाई चेक हस्तान्तरण गर्नुभएको शाखा सुर्खेतका कर्मचारी निर्मला पाठकले जानकारीदिनुभयो । पाठकका अनुसार कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण गरिएको हो ।