स्ववियु निर्वाचनमा महिला नेतृत्व


 

तिर्सना हमाल

स्वतन्त्र विद्यार्थी युनियनको इतिहाँस केलाउँदा विद्यार्थी आन्दोलनको विरासतले देशको सिंगो राजनीति र शैक्षिक परिर्वतनमा खेलेको महत्वपुर्ण भुमिका अगाडी आउँछ । विद्यार्थी संगठन सचेत, उर्जाशिल, अध्ययनशिल युवाहरुको संगठित रुप हो । स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मुटु हो । यसले युवा विद्यार्थी पुस्तालाई भोलिको देशको राजनीतिक नेतृत्वको भुमिकामा अब्बल बनाएर बिकास गर्दै लैजाने प्लेट फर्मका रुपमा चिनाएको छ । यसले नयाँ विद्यार्थी पुस्तालाई राजनीतिमा अभ्यासरत बनाउँछ । यसले बैधानिक तरिकाले संस्थागत रुपमा विद्यार्थीका हकहित, मागहरुलाई उठान गर्ने र त्यसको समाधान गर्ने शैक्षिक मुद्धाहरुललाई वैधानिक बाटोबाट समाधान गर्ने विभिन्न विद्यार्थीका समस्याहरुलाई उपयुक्त ढगंले सहज तरिकाले हल गर्ने उपाय खोज्ने जस्ता कार्यहरु गर्ने भएकाले यसलाई मिनि संसदका रुपमा पनि हेरिन्छ ।

         उर्जाशिल बिद्यार्थीको त्याग र बलिदानले नेपालका हरेक परिर्वतनकारी र संघर्षपुर्ण आन्दोलनमा निर्णायक भुमिका खेलेको छ । चाहे त्यो विं. सं. २००७ साल अघिको जयतु संस्कृतम् आन्दोलन होस् २००७ सालको प्रजातान्त्रिक अन्दोलन २०३५।०३६ को पञ्चायति निरंकुश व्यवस्था बिरुद्धको आन्दोलन हँुदै विं सं २०५२ सालमा सुरु भएको महान दशवर्षे जनयुद्धमा गरेको त्याग, समर्पण र बलिदानिले एउटा गौरवको इतिहाँस बोकेकोछ । स्ववियुको इतिहाँसलाई हेर्ने हो भने विं. सं २०५० साल भदौ २० मा  त्रिभुवन विश्वविद्यालयमा बिद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भयो, र पछि गएर यसको नाम परिवर्तन गरि स्वतन्त्र विद्यार्थी युनियन राखेको पाइन्छ । कुनै पनि कलेजमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुले आफ्ना हकहित अधिकार संरक्षण र सम्वद्र्धन गर्नका निम्ति आफ्नो नेतृत्वलाई भोट हालेर चुनाव मार्फत चुन्ने काम गर्दै आएको अवस्था छ । यो एउटा विद्यार्थीका आवाजलाई बुलन्द पार्ने बैधानिक संस्था हो । तर दुर्भाग्य भन्नुपर्छ पबित्र लक्ष्य लिएर चुनावको मैदानमा होमिने विद्यार्थी नेतृत्वहरु चुनाव जितेपश्चात बाटो बिराएर बरालिन पुग्छन् । स्ववियुमा विकास भएको गलत राजनीतीक प्रवृतिले स्ववियुको गरीमालाई घटाउँदै लगेको छ । स्ववियु उम्मेदवार घोषणा गर्ने देखि लिएर मत परिणाम घोषणा सम्मको अवस्थामा जुन गलत राजनीतिक अभ्यास हुँदै आइरहेको छ यसले विद्यार्थी आन्दोलन र स्ववियुको प्रतिष्ठा माथि गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । स्ववियु टिकट पाउनको निम्ति हानाथाप गर्ने गरिन्छ । अझ भनौँ अस्वस्थ प्रतिष्पर्धा नै चल्ने गर्छ । विद्यार्थीको योगदान, क्षमता इमान्दारिता, संघर्ष आदिलाई हेरेर भन्दा पनि गुट, उपगुट, शक्ति, नातावाद, कृपावाद जस्ता गलत राजनीतिक संस्कारलाई विकास गरेर त्यसैका आधारमा उम्मेदवार खडा गर्ने गरिन्छ । यसले आम विद्यार्थीको भविष्यलाई कहाँ पु¥याउला ? यो गम्भिर भएर सोच्ने विषय हो । हिजो चुलो चौकोमा सिमित नेपाली महिलाहरु त्यो घेरा तोडेर बाहिर निस्कन केहि हदसम्म सक्षम र सफल भएका छन् । पितृसतात्मक नेपाली राज्य व्यवस्थामा केहि परिर्वतन आएको छ । तर पनि संकिर्ण सोच र चिन्तन व्यवहारबाट ग्रसित केहि व्यक्तिहरुले गर्दा विभेद र असमानता अझै प्रर्याप्त रुपमा निर्मूल हुन सकेको छैन । सामाजिक, राजनीतिक, आर्थीक, प्रशासनिक हरेक क्षेत्रमा महिलाहरुले आफुलाई बिकसित गर्दै सक्षमता पुर्वक आफ्नो भुमिका निर्वाह गर्दै लागिरहेको अवस्था छ ।

प्रत्येक विश्वविद्यालय, कलेज र विद्यालयहरुमा अध्ययन गर्न आउने महिला विद्यार्थीहरुको संख्या वढ्दो छ । आउँदै गरेको स्ववियु निर्वाचनमा पनि महिला विद्यार्थीहरुको सहभागिता उत्साहपुर्वक अत्यन्तै धेरै हुनेछ भन्ने कुरामा दुइमत छैन । स्ववियु निर्वाचनलाई सशक्त र प्रभावकारि रुपमा सफल पार्नका निम्ति सक्षम, क्षमतावान महिला विद्यार्थी नेतृत्वलाई अगाडि ल्याउन जरुरी छ । इतिहाँसले यो पुष्टि गरिसकेको छ कि महिलाले आफुले पाएको जिम्वेवारी इमान्दार सक्षम र निष्ठापुर्वक पुरा गरेका छन् । चाहे त्यो रक्तिम इतिहाँस होस्, युद्धकालिन समय होस् वा शान्तिकालिन रुपमा युग बदल्ने शान्तिपुर्ण रुपमा परिवर्तनको झण्डा बोकेर स्वर्णिम इतिहाँस कोर्न दिएको नेतृत्व जिम्मेवारीको बेला होस् । महिलाहरुले बिना स्वार्थ कर्तव्यमा लागेर आफ्नो जिम्मेवारी पुरा गर्न आफ्नो बलिदानी र योगदानलाई बिर्सीन खोजिन्छ भने महिलाहरुले आफ्नो हक अधिकारका लागि आवाज उठाउनै पर्ने हुन्छ, लड्नै पर्ने हुन्छ । आजको दिन सम्ममा आइपुग्दा महिलाहरु हरेक क्षेत्रहरुमा नेतृत्व लिन, जिम्मेवारी बहन गर्न सक्षम हुँदै गइरहेका छन् । तर पनि महिलाहरुलाई नेतृत्व दिन जिम्मेवारी दिन पुरुषबादी सत्ताको चिन्तनवाट ग्रसितहरुमा हिच्किचावट जस्तो देखिन्छ । आफ्नो भाग खोसेर खान आइहाले जस्तो गरि आत्तिन्छन ? छोरी चेलीलाई हौसला दिएर अगाडि बढाउनुको साटो कसरि अपमान गर्ने, हतोत्साहि गर्ने र पछाडि पार्ने भनेर लागेको पाइन्छ । बर्षौं वर्ष पुरुषहरुले सत्ताकोे साँचो आफै राखेर हरेक नेतृत्व तहमा हालिमुहाली गर्दा महिलाहरुले हाम्रो भाग खोस्यौ भनेर भनेनन् तर आज महिलाहरु अघि बढृदै गर्दा भागै खोस्न आइहाले जस्तो गरि आत्तिहाल्नु पर्ने के छ ? समानताको कुरा मुखले गर्दै गर्दा व्यवहारमा पनि दिने साहस राख्नु पर्यो नि ? हुनत इतिहाँसले पुष्टि गरिसकेको छ, अधिकार मागेर होईन खोसेर मात्र पाइन्छ ? महिलाहरु धैर्यवान र इमान्दार भएर आफ्नो काम कर्तव्य जिम्वेवारी पुरा गर्न अग्रसर हुन्छन् । यसलाई समाजले कमजोरीका रुपमा लिने गर्छन् । स्ववियु निर्वाचन आम विद्यार्थीहरुको भविष्यसँग जोडिएको बिषय हो । नैतिकता, इमान्दारीता र सक्षम् नेतृत्व चयन गर्न कि शैक्षिक आन्दोलन मात्रै गर्नका लागि स्ववियु निर्बाचन गम्भिर प्रश्न बन्दैछ सबैका लागि ? राजनीति इमान्दारीता नबुझेका गुण्डागर्दी पैसा र पँहुचका आधारमा अघि बढ्नेलाई नेतृत्व दिने सोचनिय विषय हो । के युवा महिला विद्यार्थी नेतृत्वलाई एकचोटी अगाडि वढाएर हेर्ने साहस र धैर्यता राख्न सक्छ ? पार्टी संगठनले त्यो आगामि दिनमा हेर्नु पर्ने विषय हो । जिम्मेवार पार्टीका नेतृत्वबाट विद्यार्थीको हकहित शैक्षिक विकृति विसंगतिका विरुद्ध आवाज उठाउन स्ववियुको बागडोर सम्हाल्न तम्तयार भएर निरन्तर अघि बढिरहेका महिला विद्यार्थींहरुको आस्था र विश्वास माथि तुषारापात नहुने कुरामा विश्वस्त छन् । होइन भने कागलाई बेल पाक्यो हर्ष न विस्ममात भने झै स्ववियु निर्वाचन महिला विद्यार्थीहरुको लागि खाली कागलाई बेल पाके जस्तो मात्र नहोस् । महिला विद्यार्थीको उत्साहपुर्ण सहभागितामा कमि नआउन दिन स्ववियुको नेतृत्व तहमा पनि महिला विद्यार्थीलाई मुल्यांकन गरि जिम्मेवारी दिन आवश्यक छ ।

                       (लेकख अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्चार्ज हुनुहुन्छ । )