लोपोन्मुख जाती सोनाहाको पेशा संकटमा


 

सोनाहा जातीका अगुवा शान्ती सोनाहा

२६ चैत्र ,सुर्खेत । नेपालको लोपोन्मुख जातीको मध्यको संकटासन्न जाती सोनाहा पनि एक हो । यो जाती बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका छन् । यो जातीको मुख्य पेशा भनेकै माछा मार्ने र सुन चाल्ने हो । यीनीहरुको जम्मा जन संख्या १ हजार २ सय जनामा मात्र सिमित रहेको र सोनाहा जातीको पेशा सङ्कटमा परेको दावि गरेका छन् ।

फोटो गुगलबाट

सोनाहा जातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछी हामी पछि परेका छौ किन भन्दा सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरु पुग्नुहुन्छ उहाँहरुको जनसङ्ख्या धेरै भएकाले उहाँहरु छिटो र धेरै ठाँउमा पुग्न सक्नहुन्छ । फेरी उहाँहरु बम ब्लास्ट गर्नुहुन्छ करेन्ट लागाउनुहुन्छ अनी बिषादीको प्रयोग गर्नुहुन्छ तर हामी त्यसो गर्दैनौ हाम्रो माछा मार्ने तरिका बिशुद्ध जाल खेल्ने हुन्छ ।बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र बिषादी प्रयोग गर्न हाम्रो धर्मले दिदैन भन्नुहुन्छ सोनाहा जातीका अगुवा  शान्ती सोनाहा ।

 

फोटो गुगलबाट

गैर सोनाहा हरुले खेल्नेगरेको चौरी जालका कारण माछाहरुको उठीवास लगाएको दाबि गर्ने सोनाहाले भन्नुभयो चौरी जाल धेरै गहिराइ सम्म पुग्ने भएकाले माछाहरु जुन ठाँउमा बस्नु पाउनु पर्ने हो सो ठाँउमा बस्न पाउँदैनन् र जुन ठाउमा खेल्न पाउनु पर्ने हो सो ठाउँमा खेल्न नपाउनुले माछाहरु भारततर्फ पलाएन भएका हुन ।

उनीहरुको बस्ने घर चौरी जाल्ले भत्काइदिन्छ र खेल्ने ठाँउ बिगारी दिने भएकाले माछाहरु भागेको दावी गर्नुहुन्छ अगुवा शान्ती । उहाँले माछाहरुको लागी ब्रिडिङ्ग सेन्टर भइदिएको भए माछाहरु उत्पादन हुने र माछाहरु प्रशस्त पाइन्थे, २ दिन देखि १० दिनसम्ममा अण्डाबाट बच्चा निस्किन्छ बिडम्बना बच्चा निस्किने बेला सम्मत माछा भारत पुगीसकेको हुन्छ । अनि एक पटक कैलासपुरीको बाँध नाधेर भारत गएको माछा चाहे जुनसुकै होस माथी फर्केर आउन सक्दैनन् यसरी माछाको संख्यामा कमी आएको बताउनु भयो ।

फटो गुगलबाट

लोपोन्मुख जाती भएर पनी नेपालको जातीय सुचिमा नपरेको कुरालाइ बेलाबेलामा उठाउदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरेपनी मन्त्रिपरिषदमा गुमनाम भएको छ यस्का लागी सबैलाइ सरोकार र सहयोगी निकायलाइ पहल गरीदिनकालागी पनि अनरोध गर्नुभएको थियो शान्ती सोनाहाले ।