कर्णाली प्रदेशका सम्भावना र चुनौतिहरु


अम्मराज शाही ‘अम्मरजंग’

एसियनहरु आफ्नो शासन आफै गर्न योग्य छैनन् र यसका लागी यूनानको अधिनमा रहनुपर्छ । अरस्तुले एसियनहरुलाई यसरी अपमानको प्याला पिलाए । अमेरीकी श्वेतलहरुले पनि र¨भेदवाट आक्रान्त कालाजातीहरुलाई २२० वर्षसम्म चालक सिटमा पुग्ने अवसर दिएनन् । राष्ट्रपति वाराक ओवामा पाउन कालाहरुले जर्ज वासिङटन पछि ४४ जना श्वेतहरु गुजार्नु पर्यो ।

हाम्रो सन्दर्भ

नेपालको गाडधनु वा वैभवको गुप्तभण्डार हिडेन ट्रेजर  (Hidden Treasure) वा नेपाली भाषाको उद्गम स्थल, आथित्य सम्मानको विशिष्ट क्षेत्र, जैविक साधनको विश्वभण्डार, विशाल खस आर्य साम्राज्य, गोरखा राज्य विस्तारको क्रममा गोर्खाली आक्रमणमा परि वि.स १८४६ मा आफ्नो छुट्टै विरासत र पहिचान बचाउन सकेन ।

एकीकरण पश्चात केन्द्रिकृत शासन प्रणाली वाट नेपालको विस्तारी आर्थिक, राजनैतिक विभेदवाट वा आन्तरिक उपनिवेशको पिडा भोग्न वाध्य भई, नेपालकै एक सुदुर, दुर्गम तथा उपेक्षित क्षेत्र वन्न पूग्यो अर्थात सुन शिरानीमा राखेर नुनको खोजीमा हिड्नेहरुको क्षेत्र हो कर्णाली ।

त्यसैले कर्णालीका लागी काठमाण्डौं र काठमाण्डौंका लागी कर्णाली दुर्गम भइरहयो । २४० वर्षको लम्वे कालखण्डमा कुनै पनि कर्णाली वासीको फोटो वालुवाटारको भित्तामा झुण्डिएन र वर्तमान समयमा पनि संभव भएन तथापी नेपालको नया“ संविधान पश्चात देशलाई संघिय संरचना लैजादै गर्दा देशलाई ६ नं प्रदेशमा विभाजन गरि वर्तमान कर्णाली र सुदुरपश्चिम प्रदेशलाई सिङ्गो प्रदेश घोषणा गरिएपनि यसको विरोधमा जनस्तरवाट भएको आन्दोलन र सुर्खेतमा यम वि.सी, गोपाल रजवार, टिकाराम गौतम र जुम्लामा हरि बहादुर कुँवरको बलिदानबाट कर्णालीका ५, भेरीका ३ र राप्ती सल्यान र पश्चिम रुकुम जम्मा ९.५  जिल्लाको करिव १८ प्रतिशत भुगोल र सवा १५ लाख जनसङख्यालाई समेटेर ६ नं प्रदेशको अर्थात देशको कान्छो प्रदेशको रुपमा सरकारद्वारा घोषणा गरियो ।

यसलाई १८४६ को महाभुकम्प ले खोसीदिएको कर्णालीको खुशी फिर्ता भएको महशुुस गरीएको छ । अतः प्रदेश सरकारले कर्णाली प्रदेशको नामाकरण गरेको छ र यी सम्पूर्ण कुराहरुले स्वागतयोग्य नै काम भएकामा यस प्रदेशवासी खुलेर प्रसंसा गर्दछन ।

सम्भावनाहरु

यो प्रदेशमा विश्वसम्पदा सुचि (WHS) को सुचीमा पर्न सक्ने सम्पदाहरु पाचौ शताब्दीमा निर्माण भएको चन्दननाथ, भैरवनाथ, छायाँनाथ क्षेत्र । प्राचीन सभ्यताको झल्को दिने राउटे जातीको बसोवास पञ्चकोशी क्षेत्र यही प्रदेशमा पर्दछ ।

१. कर्णाली एउटा नदिको नाम मात्र होइन, त्यस्तो भुगोल हो जहाँ ४ महान नदिहरुको शिर यही पवित्र क्षेत्रमा पर्छ । सिन्धु नदि, हाम्रो कर्णाली ( भारतमा घाँघरा) ब्रम्हपूत्र सतजल नदी अर्थात गंगा यी र यीनका दर्जनौ नदीहरु र खोलाहरुवाट २२ हजार मेघावाट भन्दा बढी विद्युत उत्पादन क्षमता यहाँ छ ।

अतः यहाँका खोलाहरुमा   white dollar बगिरहेको छ र वायू उर्जा पनि यो क्षेत्रको अर्को उर्जाको स्रोत हो ।

२. विश्वमा रोग र रोगीहरुको संख्या बढीरहेको तथ्यले प्रस्ट्याउदछ यी सवै रोगहरुको प्राकृतिक निदान कर्णालीमा मात्र संभव छ । प्रति किलो १० हजार डलर पर्ने केशर देखी २५ हजार डलर पर्ने यार्सागुम्बा लगाएत ७०० भन्दा बढी प्रजातीका जडीवुटीको एकमात्र खानी हो यो प्रदेश । यसैको आधारमा हामीले भन्ने गरेको छौ की यहाँका वनजंगलमा ग्रिनडलर कुदिरहेको छ ।

३. तामा, चुनढुङ्गा फलाम, सिसा, काइनेट, तुर्मालिन, ग्रानेट, क्वार्ज सुन जस्ता औद्योगीक तथा वहुमुल्य खनिजको अपार भण्डार हो यो प्रदेश र त भन्न करलाग्छ यो प्रदेश नेपालको वैभवको गुप्त भण्डार हो ।

४. विश्वको सवैभन्दा high altitude मा फल्ने जुम्लामा खेति गरिने मार्सिको धान विश्वमा अन्यत्र कतै खेति हुदैन । स्याउ, आरु, ओखर, सुन्तला, केरा, आँप देखि लिएर यहाँका दर्जनौ आर्गनिक खाद्यवस्तु नेपालमा अन्यत्र पाइदैनन् । तसर्थ यो प्रदेश आर्गनिक कृषिको ‘हव’ वन्ने निश्चित प्राय छ । जहाँको भुमीमा animal husbandry मौलिक पेशा भएकाले यसको आधुनिक विकास सम्भव छ ।

५. यहाँका देशकै ठुलो र रमणीय ताल अर्थात स्वर्गकी अप्सरा रारा, से. फोक्सोन्डो ताल र निकुञ्ज लगायतका दर्जनौ तालहरु, छायाँनाथ, चन्दननाथ, खार्पुनाथ, क्रृणमोक्ष्ँ, वडिमालिका, पञ्चकोशी, काँक्रेविहार, देउती बजै लगाएतका दर्जनौ धार्मिक स्थल तथा वाइसीराजाका कोटहरु ( दरवार), मुर्माटप भाग ( जहाँवाट सातवटा जिल्ला हेर्न सकिन्छ) खेसमालिका चुचुरा भाग जहाँवाट छ वटा जिल्ला हेर्न सकिन्छ । काञ्जिरोवा, पातारासी लगायतका हिमाल तथा चुचुराहरु, विभिन्न गुफाहरु, पचाल झरना, सुनिगड झरना र सुर्खेत भ्याली, सिञ्जा भ्याली लिभी भ्याली, मोरील्ला भ्याली । यी सवै क्षेत्रहरुमा पर्यटन संभावना तथा सामर्थ्य छ र त यो क्षेत्रलाई पर्यटनको ‘हव’ बनाउन लाग्नुपर्दछ ।

६. यो प्रदेश लोक संस्कृतिमा अत्यन्त धनी छ । धार्मिकता,अध्यात्मभाव, गीत, माङ्गल आचारणमा पाइन्छ । गीतका प्रत्यक हरफहरुमा प्रेरणादायी र मर्मस्पर्शी सन्देश झल्किन्छ । हास्यरस, विररस, करुणारस आदी नव रसहरु यी गीत भजन, काव्य आदीमा पाइन्छन । कर्णालीका उखान अझै घत लाग्दा हुन्छन ।

वुद्ध, जैन र हिन्दुहरुको आस्थाको केन्द्रमा मानसरोवर देखि नेपालभर फैलिएका खसहरुको आदिथलोको ऐतिहासिकतालाई पर्यटन उद्योगमा फेर्न सकिन्छ । त्यसैले नेपाली संस्कृति,सभ्यता र भाषाको उद्गम भुमि अर्थात क्यूरियो ढुकुरी हो कर्णाली । अर्थात कर्णाली भुमि, पवित्र भुमि, समष्टिमा, जलस्रोत, पर्यटन, कृषि र मौलिक संस्कृतिक यो प्रदेशका विकासका सामर्थ्य हुन् ।

चुनौतिहरु

 डोल्पाको परिवेशलाई लिएर एरिक भेलीले बनाएको विश्वप्रख्यात फिल्म क्याराभानका हिरो कर्मा थेण्डुप लामाले मार्मिक टिप्पणी गरे ‘‘ काठमाण्डौका महिला ६० का पनि ३० जस्ता, डोल्पाका महिला ३० का पनि ६० जस्ता’’ यसको कारण हो गरिवी,कुपोषण, अशिक्षा, वालविवाह तथा चाँडो बच्चा जन्माउने प्रथा । यो समस्या र पिडावाट मुक्ति दिनु नै पहिलो चुनौती हो । सामाजिक कुप्रथा र असमानता यो प्रदेशको विकासको वाधक हुन ।

 पश्चिामाहरु आकाशे प्लटिङमा व्यस्त छन । तर अमेरिकाको प्रसिद्ध पत्रिका National Geography मा कर्णाली वारे ‘‘ कर्णाली, अ रोडलेस जोन अफ नेपाल(Road less Zone of Nepal) शिर्षकमा अखवार सामाग्री प्रकाशित भएपछि पश्चिमाहरुमा कर्णाली प्रति हवात्तै आकर्षण बढेको थियो । अहिले सम्म पनि हुम्ला सडकविहिन छ, अर्थात विकासका मुख्य चार पूर्वाधार स्वास्थ्य, शिक्षा, यातायात र विद्युतिकरण यहाँका प्रमुख चुनौतिहरु हुन । त्यसैले वैभवशाली कर्णाली नै सवभन्दा गरिव र पिडित देखिन्छ ।

 देशको करिव १८ प्रतिशत भुगोल ओगटेको कर्णाली प्रदेशको सामर्थ्यको पहिलो आधार प्राकृतिक स्रोत साधनहरु नै हुन । सामर्थ्य दृष्टिले नै समृद्ध देखिन्छ । अर्थात वर्तमान अवस्थामा यो प्रदेशमा एउटा पनि ‘क’ श्रेणीको उद्योग छैन र राजश्वका स्रोत न्यून छन । लघुवस्तु उत्पादनमा सुस्तता, कच्चा पदार्थ निर्यात र तयारी वस्तु आयात यो प्रदेशको विशेषता जस्तै भएको छ । कच्चापदार्थ निर्यात गर्नु भनेको औद्यौगिक वस्तु उत्पादन क्षमता नहुनु वर्तमान कर्णालीको यो मुख्य चुनौती हो ।

 उत्तरतिरको सिमाना वन्द छ, दक्षिणको सिमाना सम्म कर्णालीको पहुँच नहुनु थप कष्ठकर अवस्थाको घोतक हो । कर्णाली प्रदेश आधुनिक सुविधाको न्युनतम मापदण्डमा अझैपनि पर्न नसक्नु हामी सवैको लागी चिन्ता र ताकेताका रुपमा लिन अत्यन्त महत्वपूर्ण विषय बनेको छ ।

 खाद्यान्न संकट छरिएको वस्ती, न्युन आर्थिक स्रोत र पूर्वाधारका चार खम्वा शिक्षा, स्वास्थ्य,यातायात र विद्युतिकरणको पहुँच नहुनु यो प्रदेशको पहिलो चुनौती र विकासको वाधक हो ।

 विना आफ्नै नाभीमा छ, हामी विनाको खोजीमा भौतारिएका छौ । हामी कोही यही सुनखानीमा सुतिरहेका छौ । व्युझेर हिड्नेहरु भारतमा कुल्लि बन्ने संख्यामा अलिकति कमि देखिएतापनि खाडीमा हाडपगाल्ने गर्मिमा अवसरको खाजी गर्नेहरुको संख्यापनि गणना गर्न जरुरी छ । विकासका अनिवार्य स्रोतहरु i) Natural Resources  ii) Financial Resources iii) Human Resources dWo]   Human Resources jf  Labour Resources migration,Braindrain & remittance economyयहाँको जल्दोबल्दो समस्या हो, यसलाई विकासको चुनौतिका रुपमा लिनुपर्दछ ।

 अन्नपुर्ण दैनिक स्तम्भकार रामसिंह रावलले कर्णालीको संस्कृति, सभ्यता र इतिहासमा ह्रास आएकोमा
चिन्तित हुदै लेखेका थिए:
(‘‘ सिंजा हाट वाझी गयो, कोटमा ढटेला
विराट विराइन भैगो,यै घटिया वेला ’’ ।
– पाथरनाउली पूरानिगो,पृथ्वीमल वाइगया
पञ्चकोशी रुइनो उम्र्यो, ज्वाला सेलागया ।
– जुमलेश्वरका लामा थाडा, पैकेलाको सरौ“
यो जुग यैथरै आयो, भन कसो अरौ“ ।

संस्कृति र सभ्यताको क्यूरियो ढुकुटी हो कर्णाली प्रदेश तर विडम्बना पछिल्लो कालखण्डमा संस्कार, संस्कृति र हाम्रो आफ्नै मौलिक संस्कृति मा हस आएको छ, र यस सन्दर्भमा एउटा सानो संवाद छ ‘‘Hot ballon ’’ आकाशमा उडिरहेको देख्दा एउटा बालकले भनेछ वावा मलाई त्यही रातो रङ्ग को ballon किनिदिनुस म पनि आकाशमा उडाउछु र वावाले कुटनैतिक जवाफ फर्काएछन ‘‘ ए वावु त्यो वेलुन रातो रङ्ग ले होइन, त्यसभित्रको हिलियम ग्यासले मात्रै उडेको छ’’ , हो हामी पनि हाम्रो सभ्यता, सम्पदा र संस्कृति का कारण परिचित छौ र पहिचान बनाएका छौ । हाम्रो आवरणले होइन, आयातित संस्कृतिको प्रभाव पनि हाम्रो मौलिक संस्कृतिको वाधक हो ।

अन्त्यमा, सारा विश्वलाई पाश्चात्य दर्शन र राजनिति सिकाउने ग्रीस आधुनिक कालमा चरम भ्रष्ट एकाधिकार पूजिंवादको पाउमूनि कमजोर रहेजस्तै नेपाललाई खसभाष,सभ्यता र संस्कृति दिने कर्णाली पनि केन्द्रिकृत व्यवस्थामा पिछडीएको सर्वविधितै छ । यसको अर्थ पिछडीएको क्षेत्रले नयाँ सोच र चिन्तनसहित विकास गर्न सक्दैन भन्ने होइन ।

कुनै वेला युरोपमा सबैभन्दा पिछडीएको रुसले नयाँ सभ्यता र चिन्तनले दिए जस्तै एसियामा पिछडिएको चिनले दिए जस्तै,कर्णालीले पनि समृद्धि र विकासको नेतृत्व गर्न सम्भव छ । आर्थिक सामथ्र्यको अभाव अल्पकालिन हो तर दिर्घकालिन दुष्टिकोणले हर्ने हो भने कर्णालिका प्राकृतिक स्रोतको उचित दोहन र व्यवस्थापन गर्ने हो भने नेपालको समृद्धि हुन यहि प्रदेशको योगदान महत्वपूर्ण रहन्छ । ‘‘याद रहोस गुलाब हिलोमा फुल्छ, संकुचित वाधाहरुलाई तोडेर अघि बढौ“, कर्णाली बदल्नु छ, शुरु आफै बाट र आजैवाट गरौ ।’’

धन्यवाद ।

(लेखक: अखिल (क्रान्तिकारी) केन्द्रिय  सचिव तथा कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ)