सिद्धपाइलामा सूचनाको हक 


२९ चैत, सुर्खेत । फ्रिडम फोरम नेपालको आयोजनामा आझ (शुक्रवार) वीरेन्द्रनगर स्थित सिद्धपाइला क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाको हकको विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सूचनाको हक तथा यसको महत्वको विषयमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सूचनाको हक र यसको महत्वको विषयमा जानकारी गराइएको थियो ।

त्यसैगरी सार्वजनिक निकायमा गएर सूचनाको हक प्रयोग गरेर सूचना माग्नको लागि प्रयोग गरिने निवेदनको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।

सिद्धपाइला क्याम्पसका विविएस दोस्रो वर्षमा अध्ययनरत करिव ६० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण फ्रिडम फोरम कर्णाली प्रदेश प्रतिनिधि लक्ष्मी भण्डारीले गर्नुभएको थियो ।