लुक्लामा हवाई जहाज दुर्घटना, ३ जनाको मृत्यु


फोटो साभारः अन्नपूर्णपोष्ट अनलाइन

१ वैशाख, । आज विहान करिव साढे ९ बजे सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज उड्ने क्रममा समिट एयरको जहाज दुर्घना हुँदा ३ जनाको मृत्यू भएको छ ।

लुक्ला एयरपोर्टमा समिट एयरको जहाज उड्ने क्रममा पार्किङ्ग गरेर राखेको मनाङ्ग एयरको हेलिकोप्टर संग जहाज अनियन्त्रित हुँदा दुर्घटना हुँदा तीनजनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा समिट एयरका को पाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर श्रेष्ठ र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

असई श्रेष्ठको उपचारकालागि काठमाडौं लैजाने क्रम मृत्यु भएको हो । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया र मनाङ एयरका क्याप्टेन घाइते हुनभएको छ । घाईते दुबैजनालाई उपचारका लागि काठमाडौं पुर्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर रहेको बताइएको छ ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।