२८ बैशाख, सुर्खेत । अध्यक्षतामा जिल्लागत संरचना जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र, सुर्खेत (DCCMC) को बैठकले निषेधाज्ञाको समयमा बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएको खाद्यान्नका पसलहरू यही जेठ १ गतेदेखि साताकाे ३ दिन मात्र खुला गरिने निर्णय गरेको छ ।
बैठकले दैनिक रुपमा खोल्दा भिडभाड भै संक्रमण फैलन सक्ने जोखिम भएको हुँदा तरकारी, फलफुल तथा दुध बाहेकका अन्य खाद्यान्नका पसलहरु तोकिएकै समयमा जेठ १ गतेदेखि हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिवार खुला गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले संक्रमणको जालो तोड्ने उद्देश्यकासाथ निषेधाज्ञा जारी गरिएपश्चात् पनि जिल्लामा संक्रमितको संख्यामा कमी नआएको भन्दै जनस्वास्थ्य सेवा कार्यालय, वीरेन्द्रनगर नगरपालिका, प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले समन्वय तथा सहकार्य बढाई संकास्पदको परिक्षणको दायरा अझै बढाउन र स्वाव परिक्षणको नतिजा जतिसक्दो छिटो सम्बन्धितलाई उपलब्ध गराउनु आवश्यक भएको ठहर गरेको छ । साथै होटलमा आइसोलेसन सञ्चालन गर्न मापदण्ड अनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।



Prawash Kumar Shakya । २८ बैशाख २०७८, मंगलवार २०:०३ बजे