काठमाडौँ, ९ कात्तिक । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा एन्जियोप्लास्टी गरिएको छ । मुटुको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएपछि उनको गत विहीबार एन्जियोेप्लास्टी गरिएको हो ।
कलाकार श्रेष्ठ आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
छाती दुखेर ग्राण्डी अस्पताल जानुभएका श्रेष्ठको मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा एउटा धमनीमा ९९ प्रतिशत ब्लकेज भएको पाइएपछि उहाँको एन्जियोप्लास्टी गरिएको हो ।
‘उहाँको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएको रहेछ । हामीले एन्जीयोप्लास्टी प्रविधिबाट स्टेन्ट पठाई व्लकेज खोल्यौँ,’ डा ओममूर्तिले भन्नुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले समयमै अस्पताल आएकाले ठूलो समस्या हुन नपाएको बताउनुभयो । ‘उहाँलाई छातीमा दुखाई महसुस हुनासाथ ग्राण्डी आउनुभयो । समयमै परीक्षण गरियो, व्लकेज देखियो । र तत्कालै खोलियो । त्यसैले ठूलो समस्या हुन पाएन । हिजो एक दिन आराम गरेपछि आज घर फर्किनु भएको छ,’ डा पाण्डेले भन्नुभयो ।
नेपाली हेल्थ अनलाइनबाट
Milan Shrestha । ९ कार्तिक २०७६, शनिबार २१:१४ बजे