सामुदायिक विद्यालयमा भर्ना अभियान तिब्र


२ बैशाख, सुर्खेत  वीरेन्द्रनगर ९ सुर्खेतमा विद्यालय भर्ना अभियानलाई तिब्र बनाइएको छ । वडा न‌ं. ९ मा रहेका सामुदायिक विद्यालयहरु शिव माध्यमिक विद्यालय लाटीकोइली, कोपिला मा्ध्यमिक विद्यालय पर्सेनी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनी चौकमा भर्ना अभियानलाई तिब्र बनाइएको वडा सुरेश मानन्धरले बताउनुभयो ।

लाटीकोइलीको शिव माध्यमिकमा कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पनि अध्ययन गराइने विद्यालयका प्रधानाध्यापक चन्द्रलाल सापकोटले बताउनुभयो ।

अहिलेको समयमा विद्यार्थीहरुको निजीविद्यालयहरुमा आकर्षण बढी रहेको छ । तर हामी निजी विद्यालय नहार्ने किसिमले गुणस्तरीय शिक्षा दिन लागि परेको प्रअ सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै वडा अध्यक्ष मानन्धरले लाटीकोइली शिव माध्यमिक विद्यालयमा भर्ना हुन आउने पहिलो विद्यार्थीलाई स्वागत तथा सम्मान गर्दै वडामा रहेका सम्पूर्ण अभिभावकहरुलाई आआफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नकालागि अनुरोध गर्नुभयो ।