सुर्खेतलाई अदुवा क्षेत्रको रुपमा विकास गरिने


Gingerसुर्खेत ३१, असार । सुर्खेतका नेटा, रामघाट, पाम्का, अवलचिङ दशरथपुर, लेखफर्सा लगायतका गाविसलाई अदुवा क्षेत्रको रुपमा विकास गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना अन्तर्गत यी गाविसलाई अदुवा क्षेत्रको रुपमा विकास गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । अवदेखि यी गाविसहरुका किसानलाई अदुवा खेतीको लागि मात्रै सरकारी अनुदान दिइने वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले वताउनु भयो ।

अदुवालाई सुर्खेतकै एक नम्वर पहिचान वालीको रुपमा विकास गदै यसको उत्पादन वढाउन किसानलाई सहयोग गरिने उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७३ वाट विशेष कार्यक्रम नै संचालन गरी अदुवा खेती गर्ने किसानलाई अनुदान लगायतका विभिन्न सहयोग गरिन छ । अदुवा खेतीको क्षेत्र वढाएर एक हजार हेक्टर पुरयाएर सुपर जोनको रुपमा विकास गर्ने लक्ष्य रहेको पनि कृषि विकास कार्यालयले जनाएको छ । अदुवा खेतीको लागि छनौट भएका गाविसहरुमा गैरसरकारी संघसंस्थाले पनि अदुवा खेतीकै लागि मात्र किसानलाई सहयोग गर्न वताएको छ ।

सुर्खेत जिल्लालाई अदुवापछि दोस्रोमा मकै र तेस्रोमा तरकारीको पहिचानले चिनाउने योजना कार्यालयले वनाएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत तरकारीको पकट क्षेत्र, खाद्यन्नवालीको ब्लक र अदुवाको जोन वनाइने छ । अदुवाको जोनलाई बढाएर सुपरजोन वनाइने उल्लेख गरिएको छ । यसैवीच जिल्ला कृर्षि विकास कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा कार्यालयमा आएको ७ करोड ८० लाख रुपैया खर्च भएको जनाएको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कार्यालयले रकम अनुसारको ९५ प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ ।कार्यालयले यस वर्ष सुर्खेतका किसानलाई गहुको ३८, मकैको २४, धानको ३८, आलुको ३३ मेट्रिक टन वीउ वितरण गरेको जनाएको छ । फलफुलका २१ हजार विरुवा, ८ सय ७४ जना किसानलाई च्याउको वीउ, ८० वटा हातपंखा, ७१ वटा स्प्रेयर, २० वटा पावर टेलर पनि किसानलाई वितरण गरेको वताएको छ । २ सय ६० वटा मौरीघार, ५ लाख माछाको भुरा, युवा लक्षित कार्यक्रम अन्तर्गत १ सय ६१ जना किसानलाई ४० हजार रुपैयाको दरले अनुदान सहयोग गरिएको छ । यसपाली भकारो सुधार कार्यक्रम अन्तर्गत ३ सय वटा भकारोहरु वनाइएको छ ।

साभारः राराखबर अनलाइन