१० सावन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश सरकारको आव ०८०/८१ बार्षिक समिक्षा तथा चालु आव ०८१/०८२को बजेट कार्यान्वयन योजना तयारी बैठकमा मुख्यमन्त्री मन्त्री प्रमुख सचिव सचिव तथा कार्यालय प्रमुखहरुले चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा साझा प्रतिवद्धता जनाएका छन् ।
बैठकले ९ बुँदे कार्य योजना तयार गरेको छ ।
१) प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालु आर्थिक वर्ष २०८१र०८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण ९योजनाको नाम, कार्यान्वयन हुने स्थान, कार्यान्वयन अवधि तथा विधि, बजेट आदि० सम्वत् २०८१ साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्नेछौं ।
२) स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरु सम्वत् २०८१ भाद्र मसान्तभित्र तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्नेछौं ।
३) स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरु सम्वत् २०८१ असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै वहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तिव्रता दिनेछौं ।
४) महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फर्स्यौटको सम्वत् २०८१ साउन मसान्तभित्र कार्ययोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्नेछौं ।
५) प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयका स्रोतहरुको पहिचान गरी राजश्वमा वृद्धि गर्नेछौ ।
६) आयोजनारकार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समयवद्ध र पूर्णरुपमा कार्यान्वयन गर्नेछौं ।
७) बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभावकारी र नतिजामूलक अनुगमन गर्नेछौ ।
८) उपलब्ध स्रोत र साधनको मितव्ययी र कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउनेछौं ।
९) आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमासिक देखि सुरुवात गरी समयवद्ध रुपमा योजना तर्जुमाको कार्यसम्पादन गर्नेछौं ।
Prawash Kumar Shakya । १० श्रावण २०८१, बिहीबार १९:५९ बजे