
११ बैशाख, काठ्माडौं। काठमाण्डौं उपत्यका र मध्य नेपालका विभिन्न स्थानमा बुधवार बिहान कम्तीमा दुईवटा भूकम्प गएको खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:२९ बजे रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ र ६:४० बजे रेकर्ड गरिएको दोस्रो भूकम्प लोकल म्याग्निट्युडमा ३.० थिए ।
यी दुवै भौगर्भिक घटना चार वर्षअघि वैशाख १२ मा गोरखा केन्द्रविन्दु हुनेगरी गएको विनाशकारी भूकम्पको शृङ्खलाका परकम्प भएको बताइएको छ ।
दुवै परकम्पको केन्द्रविन्दु धादिङको नौबीसे रहेको भूकम्प मापन केन्द्रका चिन्तन तिमिल्सिनाले बताउनुभयो ।
यसैबीच भारतको असम केन्द्रविन्दु हुनेगरी गएको बिहान दुई बजे गएको शक्तिशाली भूकम्प पनि नेपालमा मापन भएको उहाँले बताउनुभयो।
अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार सो भूकम्प ६.१ म्यागनिट्युको थियो। (बीबीसीबाट)
Milan Shrestha । ११ बैशाख २०७६, बुधबार ०७:४१ बजे