कुलेखानीको आयोजनाको भर
१४ चैत, काठमाडौं । मंगलबारदेखि लोडसेडिङ घट्ने भएको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाउन लागेको हो ।
अहिले हप्तामा ८४ घण्टा लोडसेडिङ भइरहेको छ । अब भने हप्तामा ७७ घण्टामात्रै लोडसेडिङ हुने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । लोडसेडिङको नयाँ तालिका भोलि सार्वजनिक हुनेछ ।
‘एसएलसी दिने विद्यार्थीलाई केही राहत होस् भनेर लोसेडिङ घटाउने निर्णय भएको हो’ क्षेत्रीले भने(‘लोडसेडिङ घट्नसक्ने गरी नदीहरुमा पानीको बाहाव नबढेपनि बैकल्पिक उपाय लगाएर लोडसेडिङ घटाउन लागिएको हो ।’
उनकाअनुसार अब दिनमा एकघण्टा लोडसेडिङ घटाउन जलाययुक्त कुलेखानी आयोजनाको पानीलाई अधिकतम् प्रयोग गरिनेछ ।
‘पावर ब्याकअपको रुपमा रहेको कुलेखानीलाई अब अहिले भन्दा धेरै चलाउँछौं’ विभाग प्रमुख क्षेत्रीले भने(‘भारतबाट पनि थप बिजुली आइसकेको छ । यसले पनि केही सहयोग गर्नेछ ।’
साभारः अनलाईन खबर ।



Milan Shrestha । १४ चैत्र २०७२, आईतवार ०९:३८ बजे