नगरप्रमुखका उम्मेदवारहरु संग जेसीजको ककस कार्यक्रम


२० बैशाख, सुर्खेत । आसन्न निर्वाचन संगै सुर्खेत महिला जेसीज र वीरेन्द्रनगर जेसीजले ककस कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखका उम्मेदवारहरुसँग ककस कार्यक्रम गरेको हो । फ्युचर नेपालको समन्वयमा वीरेन्द्रनगर जेसीज र सुर्खेत महिला जेसीजको आयोजनामा यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखका उम्मेदवारहरुसँग छ ।

कार्यक्रममा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार उपेन्द्र बहादुर खड्काले युवाहरुलाई स्वरोजगार, बालबालिका, युवा र जेष्ठ नागरिकलाई प्राथमिकता दिने बताउँदै शिक्षा, स्वास्थ्य खानेपानी, बत्तिको व्यवस्था र पुर्ण सररफाई नगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै वीरेन्द्रनगरको नगर उपप्रमुखको कार्यभार निर्वाह गरिसक्नुभएका  नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार मोहन माया ढकालले आफु उपप्रमुख हुँदा गरेका कामको अनुभवलाई लगाउँदै नगरको विकास र समृद्धीका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीबाट नगर प्रमुखका उम्मेदवार धनकुमारी जिसीले वीरेन्द्रनगर सुरक्षित शहर तथा नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, बत्तिको व्यवस्था प्रमुख रहेको बताउनुभयो गर्नुभयो ।

सुर्खेत महिला जेसीजका कार्यकारिणी उपाध्यक्ष सिता भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा वीेरेन्द्रनगर जेसीज बर्ष २०२२ का अध्यक्ष शैलेन्द्र पाठक र सुर्खेत महिला जेसीज बर्ष २०२२ का अध्यक्ष मनिषा कौशलले अध्यक्षता गर्नुभएको थियो भने मोडेडेटरमा वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष हरिहर बस्नेत हुनुहुन्थ्यो ।