समुन्न समाज निर्माणकालागि जनचेतना मुलक कार्यक्रम



२८ बैशाख, सुर्खेत । समाजमा बढ्दो वालविवाह, लैगिक हिंसा, छाउपडि पर्था अन्त्यकालागि पश्चिम सुर्खेतको बराहताल गाँउपालीका ८ मा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

वडाका ग्यालेकाडा, भत्तेघारी, कुकिकोट, बरडाडा,कुलीकाडा, कुनाथरीमा चैत्र २५, बैशाख ९, बैशाख १८, बैशाख २२, बैशाख २७ मा कार्यक्रम गरिएको हो । ५ चरणमा अभियान नै संचालन गरिएको बराहताल गाँउपालीका ८ नम्बर वडा कार्यलयले जनाएको छ ।

अभियानमा विभिन्न वडाका आमा समुह हरुले लैगिंक हिँसा सम्बन्धि साँस्कृतिक कार्यक्रम गरेका थिए । वडा कार्यालयको आयोजनामा वालविवाह, जातिय छुवाछुत , छाउपडि प्रथा लैगिंक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको वडा सचिव दुर्गाप्रसाद रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले समाजमा रहेका सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गरिने धारणा राख्नुभयो । उहाँले गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटेर सबै विभेद र कु सँस्कारको अन्त्य गरिने बताउनुभयो ।