
३१ बैशाख, सुर्खेत । सामाजिक सञ्जालको चर्चित समूह मोटे ग्याङ्ग नेपालले निर्मल बिष्ट बचाउँ अभियानमा रु १९ हजार ८० रुपैया संकलन गरि निर्मलको परिवारलाई हस्तान्तरण गरेको छ ।
मोटे ग्याङ्ग नेपालले विष्ट बचाउ अभियान केही दिन अगाडी संचालन गरेको थियो । अभियानमा समूह सदस्य ज्योती कार्कीबाट ५ हजार, कृति गुभाजु शाक्यबाट २ हजार ५ सय, सिया कार्की प्रधानबाट १ हजार ५ सय, बाबुराम बसेल अमेरिकाबाट ५ हजार ५ सय ४१, टोपेन्द्र थापाबाट १ हजार २९, श्याम बाट १ हजार ५ सय ५ र लक्ष्मण पाण्डेबाट २ हजार रुपैया गरि जम्मा १९ हजार ८० रुपैया संकलन गरेर निर्मलका परिवारलाई हस्तान्तरण गरेको समूहका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै एडमिन थापाले अझैपनि सहयोग र साथको अपेक्षा राखेको बताउनुभयो ।




Milan Shrestha । ३१ बैशाख २०७६, मंगलवार १०:३८ बजे