वार्ता निष्कर्ष विहिन


मृतकको धर्मपत्नी टिकाकुमारी मर्साङ्गी(गेलाङ्ग)

मिलन श्रेष्ठ
३० जेठ । हिजो (बुधवार) टिप्परको ठक्करबाट ज्यान गुमाउनु भएका नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुर्खेत शाखा संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्गको मृत्युको क्षतिपूर्तिको विषयलाई लिएर छिन्चु ईलाका प्रहरी कार्यालयमा बसेको वार्ता निष्कर्ष विहिन टुगिंएको छ ।


मृतक गेलाङ्गका आफन्त, पत्रकार महासंघ र प्रहरी प्रशासन बिच भएको वार्ता निष्कर्ष विहिन भएपछि मृतका आफन्तले १ घण्टा स्थानिय छिन्चु बजारमा पिडित पक्षद्वारा शान्तिपूर्ण आन्दोलन सहित चक्का जाम गरे पश्चात जिल्लाबाट गएको एसपी र सिडियोको टोली संग पून वार्ता हुदा पनि उक्त वार्ता निष्कर्ष विहिन टुगिंएको हो ।

मृतक गेलाङ्गका आफन्तहरुले गेलाङ्गका बालबालिकाको भरणपोषणका लागि ३० लाख क्षतिपूर्तिको माग सहित मालिका कन्स्ट्कशन गाडि धनि रमेश बराल संग टेलिफोनमा भएको कुरा अनुशार बरालले आफूले कानुन बमोजिम क्षतिपूर्ति (वीमा वापतको रु ५ लाख) मात्र  दिने र  पीडितका माग अनुशारको क्षतिपूर्तिका लागी कानुन बामोजिम लड्ने जानकारी दिए पछि आजको वार्ता निष्कर्ष विहिन टुगिंएको र भोली ११ बजे पून वार्तामा बस्ने नेपाल मगरसंघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशीले जानकारी दिनु भयो ।