कोरोनाबाट आज ३ नयाँ संक्रमित, जम्मा संक्रमित ४८ पुग्यो (अपडेट)


११ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) बाट आज हाम्रो देश नेपालमा ३ जना नयाँ संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपूरका ५५ बर्षिय एक महिला, जनकपूरका एक १४ बर्षिय बालकमा र भोजपुरका २६ बर्षिया पुरुषमा कोरोन भाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ । यो संग हाल सम्म नेपाल कोरोनाका संक्रमितहरु ४८ जना पुगेको छ । त्यस्तै आज नै कोरोना संक्रमणबाट २ जना पाटन अस्पतालबाट निको भएर डिस्जार्ज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।