शिक्षक र विद्यार्थीलाई पोशाक वितरण



मनिराज पाण्डे
७ जेठ, कालीकोट । खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले शिक्षक तथा बिद्याथीका लागि पोशाक वितरण गरिएको छ ।

अभिभावक दिवससको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्यार्थीलाइ पोशाक वितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताउनुभयो ।

कोपिला भ्याली सुर्खेतको सहयोगमा शिक्षक र बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश मल्लले बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकिय सचिव खेमबहादुर सिँहले शैक्षिक गुणस्तर बृद्धीका लागि  पोशाक बितरण गरिएकोमा कोपिलाको कार्यको प्रशंसा गर्नुभयो ।

पोशाक वितरणपछि बिद्यार्थीको दैनिक उपस्थिती दर तथा गुणस्तरिय शिक्षामा बृद्धीहुने कोपिला भ्याली सेवा समाज सुर्खेतका अध्यक्ष टोपबहादुर मल्लले बताउनुभयो ।