वीरेन्द्रनगरको साल्डाँडामा जीप दुर्घटना, २ जना घाईते


२ भाद्र, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १४ साल्डाँडामा आज विहान करिब ९ बजे जीप दुर्घटना हुँदा २ जना घाइते हुनुभएको छ ।

हाम्रा सहकर्मी लोकजंग रोकायाका अनुसार छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा जीप दुर्घटना भएको हो । चामल लिएर दैलेख तर्फ जाँदै गरेको लु. अ. अ. क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताउनुभयो ।

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्मालाई उपचारकालागि वीरेन्द्रनगर लगिएको सहकर्मी रोकायाले जानकारी दिनुभयो ।