वीरेन्द्रनगरको ९ नं. वडामा नैतिक शिक्षा प्रवचन कार्यक्रम (फोटोफिचर)


१७ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ न‌ं. वडा कार्यालय सुर्खेतले आज यूवा लक्षित कार्यक्रम अन्तरगत “यूवाहरुकालागि नैतिक शिक्षा, आजको आवश्यकता विषयक” २ दिने कार्यक्रम आजबाट शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले अहिलेको यूवावर्गलाई नितान्त नैतिक शिक्षाको खाँचो रहेको समय ९ न‌ं. वडाले यो कार्यक्रमको आयोजना गर्नु सह्रानिय काम भएको बताउनुभयो ।

“अहिलेको समयमा यूवाहरुलाई सकारात्मक बाटो देखाउन नितान्त आवश्यक भएकोले वडामा रहेका यूवा एवं विद्यार्थीहरुकालागि लक्षित कार्यक्रम अनुसार यो कार्यक्रमको आयोजना गरेका हौ’ वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।

जब सम्म यूवा शक्तीमा नैतिकता हुँदैन तव देश विकास असम्भव रहेको बताउँदै अध्यक्ष मानन्धरले यूवापिडीले आफ्नो नैतिकतालाई कदापी नविर्सन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्री अपराधिक गतिविधी र नियन्त्रणका बारेमा आफ्नो धारणा राख्नुभएको थियो भने भैरव ससक्तीकरणका अध्यक्ष ललित भट्टराईले अहिले यूवाहरु विषेश गरेर लागुऔषधको कुलतमा फसिरहेको बताउँदै त्यस्तो कार्यबाट टाढै रहेन यूवा सहभागीहरुलाई आग्रह गर्नुभयो ।

२ दिन सम्म चल्ने कार्यक्रममा १८ पुराणका प्रवक्ता वालव्यास गुरु पण्डित नारायण न्यौपानेले उपस्थित विद्यार्थी एवं स्थानीयवासीलाई नैतिक शिक्षा सम्वन्धी प्रवचन गर्नुभएको वडा सचिव देवप्रसाद मुलेलले बताउनुभयो ।

वडामा रहेका सामुदायिक सहित ९ विद्यालयका विद्यार्थी एवं स्थानीयको सहभागिता रहेको कार्यक्रम भोली जेठ १८ गते विहान ६ बजेबाट पुन शुरु हुने बताइएको छ ।

पण्डित नारायण न्यौपानेले गत वर्ष लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरमा आयोजित शिव महापूराणमा कथावाचन गर्नुभएको थियो ।