तालिम समापन


सुर्खेत १९ भदौ,निति निर्माण तथा व्यवसाय विस्तार सम्बन्धी तालीम सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
यु।एस।ए।आइडीको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत यहि भदौ १३ गते देखि संचालन भएको उक्त तालीम सोमबार सम्पन्न भएको हो ।

तालिमका सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर अगाडि बढ्ने बताएका छन् । तालिममा सहकारीहरुलाई व्यवहारीक रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा सिकाईएको साथै हाल सम्म पनि सहकारीहरुमा निती निर्माण नै तयार नगरी अगाडि बढिरहेको परिवेशमा यस तालिमले थप मदत पुग्ने भएको हुदां तालिमका सहभागीहरुलाई आगामी दिनमा आवश्यक अनुशार कसरी निती नियम तयार पार्न सकिन्छ साथै व्यवसाय योजना बनाउदा कसरी तयार गर्ने बिषयमा तालिमा सिकाईको छ ।

तालीम समापन कार्यक्रममा पहल परीयोजनाका क्षेत्रीय वित्तिय सेवाअधिकृत विश्व श्रेष्ठ, पहल परीयोजना सुर्खेतका जिल्ला संयोजक भीमराज वास्तोला, पहल सुर्खेतका कार्यक्रम संयोजक शौरभ कर्माचार्य, तालिमका प्रशिक्षक बिष्णु कुमार श्रेष्ठ पहल परीयोजना दैलेखका बित्तिय सेवा अधिकृत सिपि शर्मा, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । भुसालले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै अगाडि बढ्न सकेमा सहकारीको माध्यमबाट जीवन स्तर नै परिवर्तन गर्न सकिने भएको हुदा तालिमका सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न तालीमका सहभागीहरुलाई आग्रह गरेका छन् ।