सडक निमार्ण तिव्र


२६ फागुन ,बाढी र पहिरोले भत्काएको बाँकेको कोहलपुर देखि सुर्खेतसम्मको सडक तथा नालाहरु मर्मत गर्ने कार्य तिब्र बनाइएको छ । 

गतबर्ष परेको अबिरल बर्षापछि आएको पहिरोले क्षतिग्रस्त भएका सडक, तथा नालाहरुको मर्मत तथा पुन निर्माण गरिएको हो । पहिरोले सडक पुरिएको स्थानमा पहिरो हटाएर सडक मर्मत गर्ने, भत्किएका नालीहरु मर्मत गर्ने र पानी जमेर खाडल बनेका स्थानको मर्मत गरी कालोपत्रे गर्ने काम भई रहेको छ ।
करिब ९ करोडको लागतमा सडक मर्मत तथा पुन निर्माणको काम भई रहेको डिभिजन सडक कार्यालय नेपालगन्जका इन्जिनियर शंकर पौडेलले जानकारी दिनु भयो ।
असार मसान्त भन्दा पहिले नै सडक निर्माणको काम पुरा भई सक्ने डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ ।
साभारः Ntv