सुर्खेत -काठ्माण्डौ हवाई भाडादर घट्यो


४ बैशाख- सुर्खेत

केही समयको बन्द पछी शुरु भएको नेपाल बायूसेवा निगमको सुर्खेत काठ्माण्डौ सेवाकाे लागी केही राहत भएको छ । नेपाल वायु सेवा निगमले सुर्खेत–काठमाडौं सेवा दिदै कर्णाली प्रदेशको राजधानी संग केन्द्रीय राजधानी लाई जोडेको करीव हप्ता दिनमा भाडामा सहुलीयत दिएको छ ।  भाडामा एक हजार ५०० रुपैयाँ कम गरेर नयाँ भाडादरअनुसार सुर्खेत—काठमाडौं पाँच हजार ९०० र काठमाडौं–सुर्खेतका लागि ६ हजार रुपैयाँ कायम गरिएको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

 कर्णालीका नागरिकहरुले भाडादर महङ्गो भएको गुनासो गरिरहेकोबेला यसअघि सुर्खेत–काठमाडौंका लागि ७  हजार  ४०० र काठमाडौं–सुर्खेतका लागि ७ हजार ५०० भाडा थियो। गत चैत २५ देखी उडान सुरु गरेको निगमको  भाडा महँगो भएको जनगुनासो भएको थियो। वायु सेवा निगमले १८ सिटे विमानबाट सुर्खेतमा सेवा दिइरहेको छ। बुद्ध एयरले पनि सेवा सञ्चालन गरेको छ।