
काठमाडौं / आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा काठमाडौंस्थि त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघबाट प्रमुख दाबेदारी प्रस्तुत गर्नुभएका कर्णालीका दुष्यन्त गौतम (थोमस) अन्तत कोषाध्यक्ष पदमा उम्मेद्ववारी दिनुभएको छ ।
गौतमले कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर विद्यार्थी राजनितिलाई जोडदार तरिकाले अगाडी बढ्दै अध्यक्षमा दावेदारी गर्नुभएको थियो अन्तमा भागबन्डा गर्दा आफ्नोमा कोषाध्यक्ष पद पर्दा अध्यक्षबाट पछाडी फर्कनुपरेको थोमस बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “निरन्तर विद्यार्थीहरु माझ रहने, गुनासो सुन्ने, विद्यार्थीहरुको हितको लागि आवाज बुलन्द गर्ने, विद्यार्थीहरुलाई अप्ठ्यारोमा सहयोग गर्ने र विद्यार्थी र प्रशासनको विचमा पुल सक्ने खुबी आफूमा भएकोले दाबेदार पेश गर्ने निर्णय गरे थिए तर म यो मुद्दालाई नछोडेर कोषाध्यक्ष पदमा उम्मेद्वार भएको छु आशा छ मलाई हाम्रा विद्यार्थी साथीहरुले सहयोग गर्नुहुनेछ । सायद कर्णालीबाट पहिलो पटक हुनुपर्छ त्रिचन्द्र क्याम्पसमा स्ववियूको पदाधिकारी पदमा म प्रस्तुत भएको ।
‘म सदैव देशलाई माया युवा हो, सबैले देशमा यो भएन, त्यो भएन, नेताले बिगारे मात्रै भनेर देश बन्दैन, देश बनाउन सबैले आआफ्नो ठाउँबाट इमानदारीपुर्वक सहयोग गर्नुपर्छ,’ थोमसले भन्नुभयो, ‘अझ विशेषगरी राजनीतिमा आउनुपर्छ ताकि आउने सन्ततीले पनि देशमा यो भएन त्यो भएन,देश बर्बाद भयो भन्न नपरोस् ।’
Prawash Kumar Shakya । २८ फाल्गुन २०८१, बुधबार १६:४३ बजे