हिउँले सेताम्य जुम्ला, कष्टकर बन्दै जनजीवन (फोटोफिचर)


अविरल ढकाल, जुम्ला
फागुन १,
माघ महिनाको अन्तिम दिन जुम्लामा हिउँपात सुरु भएको छ । पानी सँगै एक्कासी हिउँ पर्दा जुम्ला बजारमा एक फिट हिउँ जमेको छ । पुषको हिउँ शिला, माघको हिउँ विला भन्ने स्थानिय उखान जुम्लाबासीको जन ज्रि्रोमा प्रचित भए पनि यो वर्षहिउँ नपर्दा जुम्लाका किसानहरु चिन्तित थिए । सोमबार दिउसो बाट पानी सगै हिउँ परेपछि जुम्ला बजार लगायतका स्थान सेताम्य भएको हो ।

जुम्लामा यो वर्षहिउँदको समयमा हिउँ नपर्दा किसानहरुले लगाएको हिउँदे बाली नसप्रे पनि हिउदे वषर्ातले वालि सप्रने भन्दै किसानहरु हषिर्त भएका छन् ।

स्याउ किसानहरुले यो समयमा नयाँ विरुवा रोप्ने समय भएको र रोपेका विरुवामा सिचाई गर्नका लागि पानी गाग्रीमा बाकेर सिंचाई गर्नुपर्ने बाध्यता टरेको छ । हिमपातका कारण सिंचाई गर्नु नपर्ने भयो, बाली फस्टाउनेमा खुसी ब्यक्त गर्छन् किसान पूर्णप्रसाद न्यौपानेले । उनले भने हिउँ परेको हुदाँ जुम्ली किसानले हिउँपोखरीमा हिउँ संकलन गर्नमा पनि सजिलो भएको छ ।

किसानहरुले लगाएको हिउँदे बाली जौ, गहुँ, उवा लगायतका बाली सप्रिने र फलफुलका लागि पनि राहत हुने भएको छ । हिउँ पर्न थाले सगै जुम्लामा चिसो पनि बढ्न थालेको छ भने जनजीवन कष्टकर बन्दै गएकोछ ।