२७ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड १९ को संक्रमण १ हजार ५ सय ९५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार आज थप ७ जना कोरोनाका नयाँ संक्रमित पुष्टी भएको छ । नयाँ संक्रमितहरु वीरेन्द्रनगर ४ र ७ का ५६ र ३२ बर्षिय पुरुष, बराहताल गाँउपालिका ८ का ३४ बर्षिय पुरुष रहेको छ ।
त्यस्तै छत्रेश्वरी गाँउपालिका ६ का ३२ बर्षिय पुरुष, जुम्ला चन्दननाथ नगरपालिका १ का २९ बर्षिय पुरुष, गुठीचौर गाँउपालिका ४ का २५ बर्षिय पुरुष र बाँफीकोट गाँउपालिका रुकुम पश्चिमका ४८ बर्षिय पुरुषमा कोरोनाको संक्रमण पुष्टी भएको हो ।
कर्णालीमा कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ पुगेको छ ।



Prawash Kumar Shakya । २७ असार २०७७, शनिबार १५:१४ बजे