
मिलन श्रेष्ठ
असार,२१ दैलेख । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा सम्पन्न भएको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको अभिकर्ता पूर्नताजगी तालिममा कम्पनीका सहायक महाप्रबन्ध बिजय पराजुलीले उक्त कुरा बताउनु भएको हो ।
पूर्नताजगी तालिम कार्यक्रममा बोल्दै महाप्रबन्ध पराजुलीले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी अन्तर्गत बीमा गरेका, हाम्रा बीमीतहरुले दुःख नपाउन साथै कम्पनीको तर्फबाट छिटो छरितो अनि सरल तरिकाबाट भुक्तानी गर्न सक्ने मुख्य उद्धेश्यका साथ कम्पनीले आफ्नो स्थापना काल देखि नै कार्य गर्दे आईरहेकै हुदा नै कम्पनीले लोकप्रिय हुन सफल भएको बताउनु भयो ।

पराजुलीले यहि असार १४ गते दैलेख जिल्लाको ठांटीकांड गाउपालीकामा एशियन लाईफ ईन्स्योरेन्सले मृतक दिपेन्द्र थापाकी श्रीमती सीता बोगटीलाई उहाकै घरमा गएर चेक हस्तान्तरणको उदाहरण दिदै एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले अब “क्रिया काजमै बसेको बेला रकम भुक्तानी गर्ने ” व्यवस्था समेत मिलाएको बताउनु भयो । मृतक थापाले एशियन लाईफ ईन्स्योरेन्स अन्तर्गत १५ बर्षिय अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत रु ८१ हजार रुपैया पहिलो बीमा वापतको रकम तीरेर रु १० लाख रुपैया बराबरको जीवन बीमा गर्नु भएको थियो भने दूर्घटनाका कारण ज्यान गुमाउनु भएका मृतकको परिवारलाई कम्पनीले रु २० लाख ५३ हजारको चेक, उहांकै घरमा गएर एक कार्यक्रम बिच हस्तान्तरण गरेको थियो ।

एशियन लाईफ ईन्स्योरेन्सका सिनियर बिजनेश म्यानेजरहरु मिलन श्रेष्ठ, केशब शाही, शिबप्रकाश आचार्य, लोकबहादुर डाङ्गी , बिजनेश म्यानेजहरु टोपबहादुर बुढा, कृष्णबहादुर थापा, पूर्ण बहादुर कार्की,तीर्थ बहादुर कार्की,दिपक बहादुर कार्की उप–शाखा दैलेखका प्रमुख अंकबहादुर वुढा, शाखा सुर्खेतका कर्मचारी बिज्ञान ओझा र कम्पनीका अभिकर्ताहरुको उल्लेखिय उपस्थित रहेको थियो ।
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले १८ प्रकारका प्राण घातक रोग बिरुद्ध वीमा सुरक्षाको वीमा पनि शुरु गरेको छ । जस अन्तर्गत रु ५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने, बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने बीमाङ्क रु ५० हजारदेखि रु ५० लाख सम्मको गर्न सकिने छ ।



Milan Shrestha । २१ असार २०७६, शनिबार २२:२१ बजे