
दैलेख । डुङ्गेश्वर गाउँपालिका वडा न.२ ले आयोजना गरेको तिज बिशेष, दर खाने कार्यक्रमका प्रमुख अतिथिले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम् वडा नं.२का अध्यक्ष राजु कुमार खत्री आफ्नो वडा भित्र बसोवास गरी केहि गर्दछौं भन्ने तत्परता भएका उधमी महिलाहरुको क्षमता अभिबृद्धि गर्नका लागी उक्त मेशिनहरु सहयोग गरिएको बताउनु भयो , खत्रीका अनुशार उधमी महिलाहरुलाई हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रमको अवसर पारी उक्त मेशिनहरु सहयोग गरिएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र वडा कार्यलयको समन्यमा वडाले तिजमा दर कार्यक्रम राखेर उपहार बाडेको हो । वडाका सक्रिय उधमशिलतामा रहेका महिलाहरुलाई ६ वटा सिलाईकटाई गर्ने मेसिन , २ वटा इन्टलक मेसिन र ४ वटा हाते ट्याक्टर वितरण गरेको डुङ्गिश्वर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष राजु कुमार खत्री ले जानकारी दिनुभयो ।
वडा कार्यलयको आर्थिक सहयोगमा महिला संञ्जाल लाँकुरीले तिजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरेर महिलालाई वडाको समन्वयमा उपहार दिएको हो । वडा अध्यक्ष खत्रीले भन्नु भयो , सबै भेग ठाउँ समेटने गरि हाते ट्याक्टर गरीयो बितरण गरिएको हो ।

वडा कार्यलयका अनुशार महिला उधमी उत्पादन कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकार कृर्षि मन्त्रालयको सहयोगमा ११ लाख ७६ हजार रुपयाँ बराबरको सामाग्री वितरण गरेको छ भने साविकको चार गाउँहरु सेर्माकोट, उम, लाकुँरी र पैँयाचौमा चार वटा हाते ट्याक्टर वितरण गरेको हो ।

यसैगरी दरखाने कार्यक्रमको अवसर पारी महिला सञ्जाल लाकुँरीले वडाका १२ जना जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो ।
हिन्दु महिलाहरुको बिशेष चाड तिजको अवरपारी वडा कार्यलयरले दर खाने अवसर पारेर सामाग्री वितरण गरेको मा डुङ्गिश्वर गाउँपालिका वडा नं २ का स्थानिय निकै हर्षित भएका छन् ।



Milan Shrestha । १३ भाद्र २०७६, शुक्रबार १८:०७ बजे